३ भाद्र २०८३, बुधबार
,
Latest
बागमती सरकार गठनमा राप्रपाले दियो समर्थन गुल्मीका किसानको आयआर्जन बढाउन सत्यवतीमा पशुपालन प्रोत्साहन कार्यक्रम बिजुलीको महसुल घटाउने ऊर्जा मन्त्रालयको तयारी रास्वपा संसदीय दलको छलफल सुरू देउवा पक्ष अदालत जाने तयारीमा, महाधिवेशन कार्यतालिकालाई लिएर विवाद चर्कियो नेपाली वैज्ञानिक अधिकारी अमेरिकामा पुरस्कृत टाटा मोटर्सको ‘टाटा कार्निभल’ बिहीबारदेखि, पुराना गाडीसँग नयाँ पन्च ईभी र टियागो ईभी साट्न सकिने सूचनाको हक कार्यान्वयनको सम्झनामा राष्ट्रिय सूचना दिवस मनाइँदै वर्षाजन्य विपद्ः विभिन्न सडकमा यातायात अवरुद्ध महाकाली नदीमा एक हजार २२० मिटर तटबन्ध निर्माण
तपाईं के खोज्दै हुनुहुन्छ ?

तान्जानियामा सडक दुर्घटनामा १४ जनाको मृत्यु, २२ घाइते



अ+ अ-

डोडोमा/तान्जानिया । दक्षिणी तान्जानियामा एउटा कार भीडमा ठोक्किँदा १४ जनाको मृत्यु भएको छ भने २२ जना घाइते भएको राष्ट्रपति कार्यालयले सोमबार जनाएको छ।

प्रहरीका अनुसार दक्षिणपूर्वी मटवारा क्षेत्रको लिदुम्बे गाउँमा आइतबार अबेर राति उक्त दुर्घटना भएको हो ।

दुर्घटनाको कारण तीव्र गति रहेको र चालकले नियन्त्रण गुमाउँदा उक्त दुर्घटना भएको बताइएको छ । 

तान्जानियाका राष्ट्रपति सामिया सुलुहु हसनले उक्त दुर्घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ । (एएनआई/स्पुतनिक)