२३ जेष्ठ २०८३, शनिबार
,
Latest
बाग्लुङकाे ताराखोला ‘हाइड्रो’मा दुर्घटना, एक मजदुरको मृत्यु पोखरा बसपार्क अतिक्रमण हटाउन स्थानीयको सक्रियता, संरचना आफैं भत्काउन सुरु (तस्बिरसहित) परराष्ट्रमन्त्री खनाल र भाजपाका विदेश विभाग प्रमुखबीच भेटवार्ता एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने पोर्चुगलमा टुङ्गियो एनआरएनए विवाद, सुजन लामा नेतृत्वको समितिलाई सरकारी मान्यता तीन तहको सरकारमा समन्वयको अभाव छः अध्यक्ष दाहाल बागमती प्रदेशले गर्‍यो पाँच सहकारीका ११४ ठूला ऋणीको नाम सार्वजनिक सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब योगदान सङ्कलन सभापति लामिछानेले भनेः योगदानको हिसाब–किताब खोज्ने प्रवृत्ति पार्टी जीवनका लागि हितकर हुँदैन कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल
तपाईं के खोज्दै हुनुहुन्छ ?

क्वारेन्टाइन बिधि खतरा देखियो, परिवर्तन गरौँ : डा. रवीन्द्र पाण्डे



अ+ अ-

१. विदेशबाट आएका संक्रमित मध्ये अधिकांश संक्रमितलाई ४ हप्ताको वरिपरी कोरोना संक्रमण पोजिटिभ देखिएको छ ।

२. सर्लाहीको धनकौल निबासी १४ बर्सका किशोर १४ दिन क्वारेन्टाइन बसेर तथा र्यापिड किटमा नेगेटिभ देखिएपछि वैशाख ६ गते घर पठाइएको थियो । वैशाख ९ गते गरिएको थ्रोट स्वाब परिक्षणको नतिजामा पनि कोरोना संक्रमण देखिएको थिएन। तर बैशाख ११गते स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ती किशोरसहित दुई जनामा कोरोना संक्रमण देखिएको बताएको छ।

३. कैलालीको लम्की चुहा नगरपालिका भुरुवाकी ५३ वर्षीया महिलाको परिवारलाई गत चैत्र १६ गतेदेखि १२ दिनमै क्वारेन्टाइनबाट छोडिएको थियो । घर गएको तीन दिनपछि पिसिआर रिपोर्टमा पोजेटिभ देखिएपछि उनलाई उपचारका लागि अस्पताल लगिएको थियो ।

४. बाहिरबाट काठमाडौ उपत्यकामा आएका व्यक्तिलाई क्वारेन्टाइनमा राख्दा अलग अलग समुहमा राख्नुपर्नेमा हरेक दिनका व्यक्तिहरुलाई एकै ठाउँ राखिएको छ । उनीहरुले हाजिर मिलाएर कोहि २ हप्तामा, कोहि १० दिनमा, कोहि ७ दिनमा क्वारेन्टाइन सेन्टरबाट निस्किएका छन् ।

माथिका ४ वटा घटनाले के बताउँछन् भने हामीले क्वारेन्टाइनको मापदण्ड बदल्नु जरुरी छ । अन्यथा काठमाडौं, पोखरा, बिराटनगर, बुटवलर भैरहवा, चितवन, दांग, नेपालगंज, धनगढी, महेन्द्रनगर लगायत जनघनत्व बढी भएका क्षेत्रमा संक्रमण बढ्ने खतरा रहन्छ । यो खतरा न्यूनीकरण गर्नको लागि क्वारेन्टाइनमा यसप्रकार संसोधन गर्नुपर्ने देखिन्छ ।
१. क्वारेन्टाइनको अबधि १ महिना गराउने ।

२. क्वारेन्टाइन सेन्टरबाट कुनै पनि व्यक्ति २९ दिनमा समेत निस्कन नपाउने ।

३. बीचमा भागेमा ठूलो सजायं गर्ने ।

४. क्वारेन्टाइन केन्द्रमा स्थानीय प्रहरीको सुरक्षाको ब्यबस्था गर्ने ।

५. अबधि पुरा भएपछि परिक्षण गरेर मात्र घर पठाउने ।

६. केहि क्वारेन्टाइन केन्द्रमा मलेरिया देखिएको हुँदा मलेरिया, डेंगु, टाइफाइड ज्वरो लगायतबाट बचाउन झुल, सरसफाई तथा सुरक्षित खाना एबम पानीको ब्यबस्था गर्ने ।

७. सिमा बाहिरबाट गैह्र कानुनी ढंगबाट प्रवेश गर्नेलाई पक्राउ गरेर फर्काउने तथा शंकास्पद व्यक्तिलाई बोर्डर क्वारेन्टाइन सेन्टर स्थापना गरेर १ महिना राख्ने ।
८. क्वारेन्टाइन केन्द्रमा हरेक दिन आएका व्यक्तिलाई छुट्टाछुट्टै समुहमा वा कर्नरमा राख्ने । न्युनतम ६ फिटको दुरीमा वेड राख्ने । उनीहरुलाई परामर्श सेवा दिएर सुरक्षित बिधि अपनाउन प्रोत्साहित गर्ने ।

लेखक : पाण्डे जनस्वास्थ्य विज्ञ हुनुहुन्छ ।