३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar संविधानतः सामाजिक न्यायसहित आर्थिक समृद्धि हासिल गर्नुपर्छ– मुख्यमन्त्री शाही News Polar परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने News Polar संविधान दिवसमा काठमाडौं शिक्षालयको साइकल र्‍याली News Polar रोबोटिक्स कोडिङ एआई’ अन्तरराष्ट्रिय प्रतियोगिता, प्रतिनिधि छनोट सुरु News Polar संविधान कार्यान्वयनको एक दशक– गाउँलेले के पाए ? News Polar ‘सम्पत्ति धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍यो’: राष्ट्र बैंक News Polar कुशको शव बनाएर पत्रकार थामीको अन्त्येष्टि News Polar भदौमा पाँच अर्बको विद्युत् निर्यात News Polar प्रभावकारी कार्यान्वयनको प्रतीक्षामा संविधान News Polar सर्वश्व गुमाएकी विष्णुकुमारी निःशुल्क मिर्गौला प्रत्यारोपणपछि पूर्ण स्वस्थ भई डिस्चार्ज News Polar राष्ट्र बैंकको स्वायत्तता कमजोर पार्न खोजिँदैछः पूर्वअर्थमन्त्री डा. खतिवडा News Polar कर्णालीको विकासमा केन्द्रित हुन प्रदेश प्रमुख जोशीको आग्रह News Polar आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल News Polar संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा News Polar मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री साह News Polar कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु News Polar संविधान दिवसका अवसरमा अमेरिकाद्वारा शुभकामना News Polar संविधान संशोधनः सबैको सहमतिमा अघि बढ्दा अङ्क समस्या हुँदैन–संयोजक शाह News Polar ट्रम्पद्वारा तीन सञ्चारमाध्यममाथि प्रतिबन्धको घोषणा, प्रेस स्वतन्त्रताबारे बहस सुरु News Polar संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ: प्रधानमन्त्री

क्वारेन्टाइन बिधि खतरा देखियो, परिवर्तन गरौँ : डा. रवीन्द्र पाण्डे

क्वारेन्टाइन बिधि खतरा देखियो, परिवर्तन गरौँ : डा. रवीन्द्र पाण्डे
अ+ अ-

१. विदेशबाट आएका संक्रमित मध्ये अधिकांश संक्रमितलाई ४ हप्ताको वरिपरी कोरोना संक्रमण पोजिटिभ देखिएको छ ।

२. सर्लाहीको धनकौल निबासी १४ बर्सका किशोर १४ दिन क्वारेन्टाइन बसेर तथा र्यापिड किटमा नेगेटिभ देखिएपछि वैशाख ६ गते घर पठाइएको थियो । वैशाख ९ गते गरिएको थ्रोट स्वाब परिक्षणको नतिजामा पनि कोरोना संक्रमण देखिएको थिएन। तर बैशाख ११गते स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ती किशोरसहित दुई जनामा कोरोना संक्रमण देखिएको बताएको छ।

३. कैलालीको लम्की चुहा नगरपालिका भुरुवाकी ५३ वर्षीया महिलाको परिवारलाई गत चैत्र १६ गतेदेखि १२ दिनमै क्वारेन्टाइनबाट छोडिएको थियो । घर गएको तीन दिनपछि पिसिआर रिपोर्टमा पोजेटिभ देखिएपछि उनलाई उपचारका लागि अस्पताल लगिएको थियो ।

४. बाहिरबाट काठमाडौ उपत्यकामा आएका व्यक्तिलाई क्वारेन्टाइनमा राख्दा अलग अलग समुहमा राख्नुपर्नेमा हरेक दिनका व्यक्तिहरुलाई एकै ठाउँ राखिएको छ । उनीहरुले हाजिर मिलाएर कोहि २ हप्तामा, कोहि १० दिनमा, कोहि ७ दिनमा क्वारेन्टाइन सेन्टरबाट निस्किएका छन् ।

माथिका ४ वटा घटनाले के बताउँछन् भने हामीले क्वारेन्टाइनको मापदण्ड बदल्नु जरुरी छ । अन्यथा काठमाडौं, पोखरा, बिराटनगर, बुटवलर भैरहवा, चितवन, दांग, नेपालगंज, धनगढी, महेन्द्रनगर लगायत जनघनत्व बढी भएका क्षेत्रमा संक्रमण बढ्ने खतरा रहन्छ । यो खतरा न्यूनीकरण गर्नको लागि क्वारेन्टाइनमा यसप्रकार संसोधन गर्नुपर्ने देखिन्छ ।
१. क्वारेन्टाइनको अबधि १ महिना गराउने ।

२. क्वारेन्टाइन सेन्टरबाट कुनै पनि व्यक्ति २९ दिनमा समेत निस्कन नपाउने ।

३. बीचमा भागेमा ठूलो सजायं गर्ने ।

४. क्वारेन्टाइन केन्द्रमा स्थानीय प्रहरीको सुरक्षाको ब्यबस्था गर्ने ।

५. अबधि पुरा भएपछि परिक्षण गरेर मात्र घर पठाउने ।

६. केहि क्वारेन्टाइन केन्द्रमा मलेरिया देखिएको हुँदा मलेरिया, डेंगु, टाइफाइड ज्वरो लगायतबाट बचाउन झुल, सरसफाई तथा सुरक्षित खाना एबम पानीको ब्यबस्था गर्ने ।

७. सिमा बाहिरबाट गैह्र कानुनी ढंगबाट प्रवेश गर्नेलाई पक्राउ गरेर फर्काउने तथा शंकास्पद व्यक्तिलाई बोर्डर क्वारेन्टाइन सेन्टर स्थापना गरेर १ महिना राख्ने ।
८. क्वारेन्टाइन केन्द्रमा हरेक दिन आएका व्यक्तिलाई छुट्टाछुट्टै समुहमा वा कर्नरमा राख्ने । न्युनतम ६ फिटको दुरीमा वेड राख्ने । उनीहरुलाई परामर्श सेवा दिएर सुरक्षित बिधि अपनाउन प्रोत्साहित गर्ने ।

लेखक : पाण्डे जनस्वास्थ्य विज्ञ हुनुहुन्छ ।