काठमाडौँ । जेनजी प्रदर्शनकारीहरू संघीय संसद भवनमा प्रवेश गरेका छन् ।
सोमबार भएको आन्दोलनमा प्रहरी दमन भएको विरोधमा उत्रिएका प्रदर्शनकारी संसद भवन प्रवेश गरेका हुन् ।
सोमबार प्रहरीले गोली चलाउँदा १९ जनाको मृत्यु भएको थियो । ४०० भन्दा बढी घाइते भएका छन् । त्यसको आज दोस्रो दिन प्रदर्शनकारीहरु आक्रामक बनेर उत्रिरहेका छन् ।










