काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले नेकपा (एमाले)सँग भएको ७ बुँदे सहमतिको औचित्य समाप्त भएको बताएका छन् ।
उनीहरूले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पदबाट राजीनामा दिन आग्रह गर्दै पार्टी सभापति देउवालाई सरकारमा सहभागी सबै मन्त्रीलाई फिर्ता बोलाउन आग्रह पनि गरेका छन् ।
सभापति देउवाले यो आग्रह नमाने अन्य प्रक्रियाबाट कदम चालेर निर्णय लिन बाध्य हुने उनीहरूको चेतावनी छ ।











