काठमाडौँ । जेनजी पुस्ताको आन्दोलनको दोस्रो दिन उग्र बन्दै गइरहेको छ ।
आन्दोलनकारीहरूले कांग्रेस, एमाले र माओवादीका मुख्य नेताहरुका साथै मन्त्री र राजनीतिक दलका कार्यालयहरुलाई मुख्य निशाना बनाएका छन् ।
यसैक्रममा च्यासलस्थित एमाले पार्टी कार्यालयमा प्रदर्शनकारीले तोडफोड र आगजनी गरेका छन् ।










