१० श्रावण २०८३, आईतवार
,
Latest
हेटौंडाको थानाभर्‍याङमा एक पुरुष मृत फेला एमाले–नेकपा समीकरणपछि काँग्रेसले सातै प्रदेशका नेतासँग गर्‍यो परामर्श एमबीएसको प्रश्नपत्र सामाजिक सञ्जालमा सार्वजनिक गरेको आरोपमा दुई जना पक्राउ भोटेकोसीमा गाडी खसेपछि खोजी तथा उद्धारमा खटेकालाई हौसला दिन गृहमन्त्री घटनास्थलमा अमेरिकाले इरानमाथिको आक्रमण रोक्यो, कारणबारे फरक–फरक रिपोर्ट गत आर्थिक वर्ष नेपालमा पर्यटक आगमन १२ लाखभन्दा बढी, २५ प्रतिशत भारतबाट चाइनाबजार ई–कमर्स प्लेटफर्म साउन १३ गतेदेखि सञ्चालनमा आउने वर्षायाममा पनि चितवनमा पर्यटकको चहलपहल त्रिवि एमबीएस प्रथम सेमेस्टरको प्रश्नपत्र बाहिरिएपछि छानबिन समिति गठन एआईको भाषिक असन्तुलनले विकासशील देशहरूलाई कसरी पछाडि पार्दैछ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

उपत्यकाको सुरक्षा व्यवस्था कडा पारियो, ‘हाइअलर्ट’ हुन निर्देशन



अ+ अ-

काठमाडौँ । काठमाडौँ उपत्यकाको सुरक्षा व्यवस्थालाई कडा पारिएको छ । साथै सुरक्षा निकायलाई ‘हाइअलर्ट’ हुन निर्देश गरिएको छ ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले देशभरका सुरक्षा निकायलाई सुरक्षा व्यवस्था कडा पार्न र शान्ति सुव्यवस्था खलल हुन नदिन निर्देशन दिइएको जानकारी दिए ।

जिल्ला सुरक्षा समितिमार्फत समन्वयात्मक रूपमा सुरक्षा व्यवस्था कडा पार्न सबै सुरक्षा निकायलाई भनिएको गृह मन्त्रालयले जानकारी दिएको छ ।

जेनजी पुस्ताको सोमबार भएको प्रदर्शनमा झडप समेत थियो । उपत्यकाका तीनै जिल्ल्ला काठमाडौँ, ललितपुर र भक्तपुरमा निश्चित क्षेत्र तोकेर निषेधाज्ञ जारी गरिसकिएको छ ।