१४ भाद्र २०८३, आईतवार
,
Latest
माथिल्लो त्रिशूली–३ ‘ए’ आयोजनामा उद्धार र क्षति अवलोकन जारी भोटेकोशी बाढीपछिको उद्धार तथा राहतमा भारत–चीनसहित अन्तरराष्ट्रिय समुदायको सहयोग ट्याक्टर दुर्घटनामा मोरङमा चालकको मृत्यु रसुवामा खाद्यसामग्री वितरण सुरु सुदूरपश्चिमका धेरै स्थानमा वर्षा, सतर्कता अपनाउन आग्रह ‘यस कठिन घडीमा आईएमई प्रभावित नागरिकको पक्षमा उभिएको छ’ त्रिशूली–३ ‘बी’ आयोजनास्थलमा सेनासहितको प्राविधिक टोली परिचालित बाढीपीडितका लागि यूएईले दियो १ करोड डलर, ८० टन राहत सामग्री पनि पठायो भोटेकोशी बाढीप्रभावित क्षेत्रमा आज दिउँसो वर्षाको गतिविधि बढ्ने, उद्धारमा चुनौती बाढी प्रभावित क्षेत्र पुगेर अर्थमन्त्रीको ढाडस: “ढुक्क हुनुहोस्, स्रोतको अभाव हुन दिनेछैनौँ”
तपाईं के खोज्दै हुनुहुन्छ ?

आफू पक्षका मन्त्रीलाई राजीनामा दिन तयारी रहन शेखर कोइरालाको निर्देशन



अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले जेन–जेड आन्दोलनमा सरकारले अपनाएको दमनात्मक व्यवहारका कारण सरकारमा बस्न उपयुक्त अवस्था नरहेको भन्दै आफू पक्षीय मन्त्रीहरूलाई राजीनामाको तयारीमा रहन निर्देशन दिएका छन् ।

उनले मन्त्री तेजुलाल चौधरी, बद्री पाण्डे, रामनाथ अधिकारीलाई राजीनामा दिन भनेका छन् भने प्रदीप पौडेलले पनि राजीनामा दिने सम्भावना रहेको बताइएको छ ।

चीन भ्रमणमा रहेका कोइराला भ्रमण छोट्याएर स्वदेश फर्किन लागेका छन् ।

यसअघि गृहमन्त्री रमेश लेखकले नैतिकताका आधारमा राजीनामा दिएका थिए । जेन–जेड आन्दोलनमा हालसम्म १९ जनाको मृत्यु भइसकेको छ भने ३०० भन्दा बढी घाइते भएका छन् ।