२७ मंसिर २०८२, शनिबार
,
Latest
एनपिएल उपाधि भिडन्त: पावरप्लेमा सुदूरपश्चिमले तीन विकेट गुमायो जेन—जी आन्दोलनले मुलुकलाई गम्भीर समस्यामा धकेल्योः पूर्णबहादुर खड्का युवापुस्तालाई राज्यको मूल प्रवाहमा जोड्नुपर्ने नेपाल–चीन कूटनीतिक सम्बन्धको ७०औँ वार्षिकोत्सवः छोङछिङ महानगरमा विविध सांस्कृतिक कार्यक्रम म ढुक्कले भन्न सक्छु–एमाले अजम्बरी छ: ओली एमालेसँग बहुमत ल्याउने ल्याकत छ, चुनावबाट भाग्दैनः ओली एनपीएल फाइनल: सुदूरपश्चिम टस जितेर ब्याटिङमा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशन- फोटो फिचर अमेरिकामा मौसमी फ्लु प्रकोपः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मोरङमा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारले गुमायो नैतिक धरातल, इतिहासमै कलंकको दाग



अ+ अ-

काठमाडौं । भ्रष्टाचार नियन्त्रण गर्न र सामाजिक सञ्जालमा रोक नलगाउन माग गर्दै प्रदर्शनमा जेन–जी पुस्ताले गरेको प्रदर्शनका क्रममा १९ जनाको ज्यान गएपछि सरकारले नैतिक धरातल गुमाएको छ । यति मात्र होइन, युवामाथि चरम र निर्मम दमन गरेर केपी शर्मा ओली नेतृत्वको सरकारले इतिहासमै कलंकको दाग बोकेको छ ।

कांग्रेस–एमाले गठबन्धन सरकारको औचित्यसमेत यो घटनापछि सकिएको छ । जुन उद्देश्यका साथ कांग्रेस र एमालेले सरकार गठन गरेका थिए, त्यसको कुनै पनि काम गर्न सकेनन् । बरु निर्दोष जनतामाथि बर्बर दमन गरेर तानाशाही प्रवृत्ति लाद्न खोजियो । यो आम नागरिकलाई सह्य हुने कुरा होइन ।

दायाबाया भ्रष्टहरुलाई लगाएर हिँड्ने र सधैं उनीहरुको कुरा मात्र सुन्ने बानी परेका प्रधानमन्त्री ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई जनताका आवाज सुन्ने फुर्सद कहिल्यै भएन । जेनजीले उठाएका माग सुन्ने फुर्सद भएन । बरु भ्रष्टाचारको आरोप लागेका गृहमन्त्री रमेश लेखकलाई जोगाउन अनेक हथकन्डा अपनाए ।

काठमाडौं महानगरपालिकाको नेतृत्व युवा नेता बालेन शाहले सम्हालेपछि उनलाई असफल पार्न सिंहदरबारभित्र बसेर अनेक षडयन्त्र भएका छन् । बालेनलाई सहयोग पुग्ने कुनै पनि कर्मचारीलाई संघीय सरकारले पठाएन । बरु उल्टै असहयोग गर्नेलाई खटायो । यो कुरा जेनजीलाई पटक्कै मन परेको थिएन ।

बालेनले पटक पटक भने तर सरकारले सुनेन । बरु ओली र देउवाले मिलेर उनलाई पेल्ने र आफ्ना आसेपासे लगाएर तर्साउने, थर्काउने गर्न थाले । त्यति गर्दा पनि बालेन डग्मगाएका छैनन्, किनकी ओली र देउवाको मक्की सकेको हड्डी उनले छामिसकेका छन् । जनताले उनीहरुलाई कुनै पनि हालतमा साथ दिँदैनन् भन्ने बुझेका छन् । तर यही कुरा ओली र देउवाले बुझ्न सकेका छैनन् ।

अहिले एकै दिन १९ जना निर्दोष युवाको सरकारले हत्या गरेको छ । त्यति गर्दा पनि हत्या स्वीकार गर्न तयार छैन । न त पश्चाताप नै गरेको छ । बरु आन्दोलनमा घुसपैठ भएको भन्दै पारदर्शी प्लास्टिकले आफ्नो लाज छोप्न खोज्दै छ । सत्तामा टाँसिएर बस्न आफ्ना आसेपासे, हनुमान र भ्रष्टहरुलाई नै खटाउँदै छ । आफ्ना विरोधीको कुरा सुनेको छैन । नत जनमत नै बुझेको छ ।

जनताले अहिलेको नेतृत्वलाई अस्वीकार गरिसकेका छन् । अब यो पुस्ताको बहिर्गमन पनि निश्चित भइसकेको छ । तर एउटा इतिहास बनाएर आएका नेताहरुको बहिर्गमन रगतले लतपतिएको कलंकको टीका लगाएर हुने भएको छ । जुन रगतका टीका कहिल्यै छोपिने छैन । आफ्नो अस्तित्व र अधिकार खोज्ने युवालाई गोलीले भुटेर शान्त पार्न दुस्साहस गर्ने तपाईंहरुलाई इतिहासले माफी दिने छैन ।