११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar पूर्वप्रधानन्यायाधीश चोलेन्द्रलाई प्रहरीले छाेड्याे, परिवारकाे जिम्मा News Polar सुरक्षा थ्रेट भन्दै मध्यरातमा चौकी पुर्‍याईएका राणा घर फर्किए News Polar बाढीपहिरोले विद्युत् प्रसारण तथा वितरण संरचनामा क्षति, ३५८ मेगावाट उत्पादन प्रभावित News Polar पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी News Polar प्रशासकको ज्ञान, विवेक र आचरणबाट राज्यको अनुहार प्रतिबिम्बित हुन्छ : डा. भट्ट News Polar लगातारको वर्षाले नदी तथा खोलामा बाढीको जोखिम बढ्यो, गण्डकीका केही जिल्ला अति उच्च जोखिममा News Polar सूर्यविनायकमा राष्ट्रिय प्राणी उद्यान निर्माण गर्न प्रदेश सरकार तयार News Polar मधेस प्रदेशमा बाढीपहिरोको वितण्डा, तीन सयभन्दा बढी घर डुबानमा News Polar अविरल वर्षाले अछामको पहलमान सिंह स्वाँर मार्गको यातायात सेवा प्रभावित News Polar विश्वविद्यालय र तालिम प्रतिष्ठानबीच सहकार्य आवश्यक : उपकुलपति थापा News Polar स्टाफ कलेजलाई ‘उत्कृष्टताको केन्द्र’ बनाइने : सचिव भुजेल News Polar भोटेकोशी बाढीपछि अभिभावकविहीन बालबालिकाको विवरण सात दिनभित्र बुझाउन निर्देशन News Polar घट्टे खोलाको बाढीबाट बस्ती जोगाउन रु दुई करोड निकासा गर्ने मुख्यमन्त्रीको घोषणा News Polar नेपाली ‘डायस्पोरा’लाई आर्थिक रूपान्तरणको साझेदार बनाइने News Polar भोटेकोशी बाढीमा बेपत्ता परिवारलाई सहयोग News Polar वर्षाका कारण कांग्रेसका अधिवेशन कार्यक्रम प्रभावित, सुरक्षा प्राथमिकतामा राख्न सभापति थापाको आग्रह News Polar पोखराको रामघाटमा वर्षेनी डुबानको समस्याः प्राकृतिक सुन्दरताभित्र लुकेको जोखिम (तस्बिरहरु) News Polar रसुवा बाढीपीडितको लागि काठमाडौंमा निःशुल्क स्वास्थ्य शिविर–देखियो मानसिक र भावनात्मक असर News Polar आजदेखि सोह्रश्राद्ध सुरु, गोकर्णेश्वरसहित तीर्थस्थलमा श्रद्धालुको भीड News Polar राहुगंगा जलविद्युत् आयोजनामा बाढीले संरचना र प्रसारण लाइनमा क्षति

गृहमन्त्री रमेश लेखकले दिए राजीनामा, असफलता ढाकछोपमै बित्यो कार्यकाल

गृहमन्त्री रमेश लेखकले दिए राजीनामा, असफलता ढाकछोपमै बित्यो कार्यकाल
file photo
अ अ+ अ-

काठमाडौं: गृहमन्त्री रमेश लेखकले आफ्नो पदबाट राजीनामा दिएका छन् ।

जेन जी नाममा संगठित भएका युवाले गरेको प्रदर्शनका क्रममा प्रहरीले गरेको अन्धाधुन्ध गोली प्रहारबाट २० जनाभन्दा बढी युवाको ज्यान जानुका साथै सयौं प्रदर्शनकारी घाइते भएपछि नैतिक प्रश्नको घेरामा परेका गृहमन्त्री लेखकले अन्तत: राजीनामा गरेका हुन् ।

उनले प्रधानमन्त्री केपी शर्मा ओली समक्ष राजीनामा बुझाएको बताइएको छ ।

आजका घटनापछि सामाजिक सञ्जालमा गृहमन्त्रीले तत्कालै राजीनामा दिनुपर्ने माग उठिरहेको थियो । नेपाली काँग्रेसको पदाधिकारी बैठकमा पनि महामन्त्रीद्वय गगन कुमार थापा र विश्वप्रकाश शर्माले गृहमन्त्री लेखकले नैतिकताका आधारमा राजीनामा दिन उपयुक्त हुने सुझाएका थिए ।

काँग्रेस पदाधिकारी बैठक लगत्तै मन्त्रिपरिषद बैठकका लागि गएका लेखकले प्रधानमन्त्री ओली समक्ष राजीनामा बुझाएका हुन् ।

यसअघि २०८१ चैतमा दुर्गा प्रसाईं नेतृत्वको राजतन्त्र पुनर्वहाली आन्दोलनका क्रममा तीनकुनेमा पनि प्रहरीको अत्यधिक बल प्रयोगका सन्दर्भमा गृहमन्त्री लेखकको राजीनामा मागिएको थियो । तर त्यसबखत जसोतसो आफ्नो पद जोगाउन सफल गृहमन्त्री रमेश लेखकले देशको प्रहरी प्रशासनमा खासै पकड राख्न नसकेको गुनासो आइरहेको थियो ।

राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपाले पनि गृहमन्त्री रमेश लेखकका कारण त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयमा सेटिङ गरी मानब बेचबिखनको कार्य खुलेआम भएको र त्यसमा गृहमन्त्रीकै संलग्नता रहेको भन्दै गृहमन्त्रीको राजीनामा माग गरेर संसदमा विरोध गरिरहेको छ ।