३१ श्रावण २०८३, आईतवार
,
Latest
विश्व बैंकको सहयोगमा पोखरामा दुई सडक निर्माण, एक निर्माणाधीन राष्ट्रिय ब्याडमिन्टनमा क्षितिज र प्रिन्सबीच फेरि भेट मन्त्री लम्साललाई हेलिकप्टरमार्फत धनगढी लगियो नेपाल ‘ए’ क्रिकेट टोली अष्ट्रेलियातर्फ  बस्ती पसेको बाघ नियन्त्रणमा सुदूरपश्चिममा वर्षाको सम्भावनाः सतर्कता अपनाउन आग्रह जनकपुरधामको फोहोर व्यवस्थापनमा बर्सेनि करोडौं खर्च, अहिलेसम्म छैन ल्यान्डफिल साइट गुल्मीमा दुई महिनादेखि हवाई सेवा प्रभावित मानवीय सहायताका लागि सात सयभन्दा बढी ट्रक पाकिस्तान हुँदै अफगानिस्तान भित्रिए ‘बङ्गलादेशः हसिना फिर्ता नभएसम्म प्रधानमन्त्री रहमान भारत भ्रमण नगर्ने ‘
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाली इतिहासकै क्रुर र दु:खद घटना: राप्रपा



अ+ अ-

काठमाडौं: राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले काठमाडौंसहित देशका विभिन्न शहरमा आज भएको न्भल(श् पुस्ताको प्रदर्शनमाथि सरकारले गरेको अत्यधिक बल प्रयोग र बर्बर दमनप्रति घोर निन्दा र भत्सर्ना गरेको छ।

अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको आकस्मिक केन्द्रीय पदाधिकारीहरूको बैठकले निर्दोष युवामाथि भएको गोली प्रहार र राज्यको कठोर दमनलाई “नेपाली इतिहासकै क्रुर र दु:खद घटना” को रूपमा व्याख्या गरेको छ।

राप्रपाले जारी विज्ञप्तिमा भनिएको छ, “देश निर्माणको अभिलाषा बोकेर सडकमा उत्रिएका युवामाथि अन्धाधुन्ध बल प्रयोग गरी भ्रष्टाचारविरुद्धको आवाज दबाउने सरकारको प्रयास निन्दनीय र लाजमर्दो छ। यसबाट सरकारको स्वेच्छाचारी, अलोकतान्त्रिक र सर्वसत्तावादी चरित्र उदांगो भएको छ।”

बैठकले प्रहरी गोली प्रहारबाट ज्यान गुमाएका युवाप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरेको छ। साथै प्रहरी दमनमा घाइते भएका प्रदर्शनकारी र पत्रकारहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ।

राप्रपाको ठहरअनुसार, २०६२र६३ को आन्दोलनपश्चात बनेको व्यवस्थाले युवाको समस्या समाधान गर्न नसकेको प्रमाण आजको आन्दोलन हो। बैठकले गत चैत्र १५ गते काठमाडौंमा भएको प्रदर्शनमा समेत सरकारले शक्ति प्रयोग गरेर दमन गरेको र त्यसमा सजिलै उन्मुक्ति पाएपछि अहिलेको दमनमा थप हौसिएको आरोप लगाएको छ।

प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन कुमार श्रेष्ठ विज्ञप्तिमा भनिएको छ, “विशुद्ध गैर राजनीतिक यूवाहरूको न्भल(श् पुस्ताले अघि सारेका सुशासन, प्रविधि र समग्र मुद्दाहरूमा राप्रपाको साथ, समर्थन र ऐक्यवद्धता छ।”

राप्रपाले तत्काल सरकार विघटन र नयाँ समझदारीमार्फत समाधान खोज्नुपर्ने निष्कर्ष निकालेको छ।