११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar पूर्वप्रधानन्यायाधीश चोलेन्द्रलाई प्रहरीले छाेड्याे, परिवारकाे जिम्मा News Polar सुरक्षा थ्रेट भन्दै मध्यरातमा चौकी पुर्‍याईएका राणा घर फर्किए News Polar बाढीपहिरोले विद्युत् प्रसारण तथा वितरण संरचनामा क्षति, ३५८ मेगावाट उत्पादन प्रभावित News Polar पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी News Polar प्रशासकको ज्ञान, विवेक र आचरणबाट राज्यको अनुहार प्रतिबिम्बित हुन्छ : डा. भट्ट News Polar लगातारको वर्षाले नदी तथा खोलामा बाढीको जोखिम बढ्यो, गण्डकीका केही जिल्ला अति उच्च जोखिममा News Polar सूर्यविनायकमा राष्ट्रिय प्राणी उद्यान निर्माण गर्न प्रदेश सरकार तयार News Polar मधेस प्रदेशमा बाढीपहिरोको वितण्डा, तीन सयभन्दा बढी घर डुबानमा News Polar अविरल वर्षाले अछामको पहलमान सिंह स्वाँर मार्गको यातायात सेवा प्रभावित News Polar विश्वविद्यालय र तालिम प्रतिष्ठानबीच सहकार्य आवश्यक : उपकुलपति थापा News Polar स्टाफ कलेजलाई ‘उत्कृष्टताको केन्द्र’ बनाइने : सचिव भुजेल News Polar भोटेकोशी बाढीपछि अभिभावकविहीन बालबालिकाको विवरण सात दिनभित्र बुझाउन निर्देशन News Polar घट्टे खोलाको बाढीबाट बस्ती जोगाउन रु दुई करोड निकासा गर्ने मुख्यमन्त्रीको घोषणा News Polar नेपाली ‘डायस्पोरा’लाई आर्थिक रूपान्तरणको साझेदार बनाइने News Polar भोटेकोशी बाढीमा बेपत्ता परिवारलाई सहयोग News Polar वर्षाका कारण कांग्रेसका अधिवेशन कार्यक्रम प्रभावित, सुरक्षा प्राथमिकतामा राख्न सभापति थापाको आग्रह News Polar पोखराको रामघाटमा वर्षेनी डुबानको समस्याः प्राकृतिक सुन्दरताभित्र लुकेको जोखिम (तस्बिरहरु) News Polar रसुवा बाढीपीडितको लागि काठमाडौंमा निःशुल्क स्वास्थ्य शिविर–देखियो मानसिक र भावनात्मक असर News Polar आजदेखि सोह्रश्राद्ध सुरु, गोकर्णेश्वरसहित तीर्थस्थलमा श्रद्धालुको भीड News Polar राहुगंगा जलविद्युत् आयोजनामा बाढीले संरचना र प्रसारण लाइनमा क्षति

‘सन् २०३० भित्र कुष्ठरोग नियन्त्रणको लक्ष्य प्राप्ति हुनेछ’

‘सन् २०३० भित्र कुष्ठरोग नियन्त्रणको लक्ष्य प्राप्ति हुनेछ’
अ अ+ अ-

ललितपुर। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा चन्द्रभाल झाले तीनै तहको सरकारको समन्वयमा सन् २०३० भित्र कुष्ठरोग नियन्त्रणको लक्ष्य प्राप्ति हुने बताउनुभएको छ ।

‘द लेप्रेसी मिसन नेपाल’ले आज यहाँ ‘शून्य कुष्ठरोगका लागि सँगै काम गरौँ’ भन्ने नाराका साथ राष्ट्रिय प्रसार कार्यक्रम आयोजना गरेको थियो । सो कार्यक्रममा निर्देशक झाले दिगो विकास लक्ष्यअनुसार नेपालले विश्व समुदायसामु गरेको प्रतिबद्धताअनुसार कुष्ठरोग उन्मूलन गर्न सफल हुने जिकिर गर्नुभएको हो ।

“कुष्ठरोग प्रभावित क्षेत्रमा दक्ष जनशक्ति थोरै छ, थप तालिम दिएर खोज र निगरानी प्रणालीलाई जोड दिएका छौँ, प्रत्येक स्थानीय तहभित्रका स्वास्थ्य संस्था र अस्पतालमा कुष्ठ प्रभावितलाई निःशुल्क उपचार सेवा दिने नीति छ”, उहाँले भन्नुभयो ।

द लेप्रेसी मिसन इन्टरनेसनलका अन्तरराष्ट्रिय निर्देशक बेन्ट मर्गनले कुष्ठरोग नियन्त्रण एवं उन्मूलनका लागि नेपालले गरेका कार्यहरू विश्वस्तरमै उदाहरणीय रहेको बताउनुभयो ।

नेपाल अपाङ्ग महासङ्घ नेपालका पूर्वअध्यक्ष मित्रलाल शर्माले समाजलाई बदल्न र स्वास्थ्य क्षेत्रमा प्रभावकारी काम गर्न गैरसरकारी संस्थाहरूले उत्कृष्ट काम गरेको उल्लेख गर्नुभयो ।

आइडिया नेपालका अध्यक्ष दिनेश बस्नेतले द लेप्रेसी मिसन नेपालले कुष्ठरोगको उपचारमा अन्य अस्पतालको तुलनामा उत्कृष्ट सेवा प्रदान गरेको भन्दै प्रशंसा गर्नुभयो ।

सो संस्थाका अध्यक्ष अशोक अधिकारीले कुष्ठरोगीहरुको  दर्दनाक कथा सुनाउँदै बिरामीलाई गरिने राम्रो व्यवहारले उपचार सेवालाई प्रभावकारी बनाउन सम्भव भएको बताउनुभयो ।

आजभन्दा सात दशक अगाडि सन् १९५७ बाट सुरु भएको कुष्ठरोग नियन्त्रण अभियानले रोग उन्मूलनका लागि आशा, रोगबाट पीडितहरूका लागि सम्मानसमेत जगाएको छ । रासस