३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

जेन जी अभियानमा समर्थन जनाएका मेयर बालेन के गर्दैछन् ?

जेन जी अभियानमा समर्थन जनाएका मेयर बालेन के गर्दैछन् ?
अ+ अ-

काठमाडौं । जेन जी अभियानमा समर्थन गरेका काठमाडौं महानगर प्रमुख बालेन शाहले केही गम्भीर निर्णय लिन सक्ने उनी निकट स्रोतले जानकारी दिएको छ ।

विशेषत: काठमाडौ उपत्यका र उपत्यका बाहिर भएको प्रदर्शन र जनधनको क्षति भएपछि सरकार बिरुद्ध जन आक्रोश बढ्दै गएका बेला मेयर शाह आफूनिकट व्यक्तिहरुसँग गम्भीर छलफलमा रहेको स्रोतले जानकारी दियो । जेन जी अभियानले पनि मेयर बालेनले चाँडै निर्णय लिनुपर्ने भन्दै दबाब दिइरहेको बुझिएको छ ।

सुरक्षा स्रोतले पनि यो अभियानको अगुवाई मेयर शाहले लिएको अवस्थामा राजनीति नयाँ दिशातर्फ मोडिन सक्ने आँकलन गरेको छ ।

हिजो मात्र मेयर शाहले सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस राख्दै अभियानलाई समर्थन गर्नुभएको थियो ।

उहाँले लेख्नु भएको थियो

भोलिको र्याली स्पष्ट स्वतस्फुर्तरुपमा Gen Z को हो, उहाँहरू भनेको २८ वर्षमुनि हुनुहुन्छ, जस्को लागि म पनि अझै बुडो देखिन्छु । मलाइ पनि उहाँहरूको इच्छा, उद्देश्य, सोच बुझ्नु मन छ ।

भोलि यो स्वतस्फुर्त र्यालीमा कुनै पार्टी, नेता, कार्यकर्ता, सांसद, बहुला, अभियन्ताहरू आफ्नो स्वार्थ पूरा गर्न बाठो नबन्नु होला । म उमेर हदबन्दीको कारण जान मिल्दैन, तर उहाँहरूको कुरा बुझ्नु जरुरी छ, मेरो भरपुर समर्थन छ ।

प्रिय Gen z भन्नुस् तपाईँ हरुले कस्तो देश देख्न चाहनु हुन्छ ?