२७ मंसिर २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रिय झण्डा बोकेका युवालाई गोली हान्ने सरकारलाई क्षमा दिन सकिँदैन–चन्द्र भण्डारी



अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले जेन जी पुस्ताको प्रदर्शनमा सरकारले गरेको दमनको भत्सर्ना गरेका छन् ।

नेता भण्डारीले सामाजिक सञ्जालमार्फत राष्ट्यि झण्डा बोकेका युवालाई गोली प्रहार गर्ने कार्यलाई क्षमा दिन नमिल्ने बताएका हुन् ।

युवाको माग तत्काल पूरा गर्न माग गर्दै फेसबुकमा लेखेका छन्, ‘सरकार, युवाको माग तुरुन्त पुरा गर, राष्ट्रिय झण्डा बोकेका युवालाई गोली, युवाको मृत्यु दुःखद्, क्षमादिन नमिल्ने काम नगर ।’

प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर अहिलेसम्म १४ जनाले ज्यान गुमाइसकेका छन् ।