६ पुष २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कास्कीमा पनि अनिश्चितकालीन कर्फ्यू जारी



अ+ अ-

पोखरा । जेनजीको आन्दोलन ले उग्र रुप लिएपछि कास्कीमा पनि कर्फ्यू आदेश जारी गरिएको छ ।

प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले दिउँसो २ बजेदेखि अर्को आदेश जारी नभसम्मका लागि शहीद चोक आसपासको क्षेत्रमा कर्फ्यू आदेश जारी गरेकी हुन् ।

आन्दोलनकारीले गण्डकी प्रदेशका मुख्यमन्त्रीको कार्यालयमा आगजनी प्रयास गरेका थिए भने सोक्रममा प्रहरीले अश्रुग्यास र पानीको फोहरा प्रहार गरेको थियो ।