काठमाडौँ । जेनजी पुस्ताको आन्दोलनका क्रममा देशभरका विभिन्न स्थान तनावग्रस्त बन्न पुगेको छ ।
यसैबीच आन्दोलनकारीले भरतपुर महानगरपालिका कार्यालयमा तोडफोड गरेपछि भरतपुर पनि तनावग्रस्त बनेको छ ।
केही आन्दोलनकारीले ढुंगामुढा सुरु गरेपछि प्रहरीले पनि बल प्रयोग गरेको छ ।
प्रदर्शनकारीहरु महानगरभित्र प्रवेश गर्ने प्रयास गरेपछि प्रहरीले अश्रुग्यास प्रहार गरेको छ ।










