काठमाडौँ । झापाको दमकमा जेनजी पुस्ताले गरेको प्रदर्शनमा प्रहरीले हवाई फायर गरेको छ ।
दमक नगरपालिका अगाडि प्रदर्शनकारी युवाले आगजनी गर्ने प्रयास गरेपछि प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन गोली चलाएको हो ।
प्रदर्शन उग्र बनेपछि र ढुङ्गामुढा हुँदा प्रहरी र प्रदर्शनकारी दुवैतर्फ केही व्यक्तिहरू घाइते भएका छन् ।










