काठमाडौँ । जेनजीको प्रदर्शनले उग्र रुप लिएपछि प्रहरीले प्रहार गरेको रबर बुलेटबाट तीन जना प्रदर्शनकारी घाइते भएका छन् ।
कर्फ्यु आदेश कार्यान्वयनको शीलशीलामा प्रहरीले रबर बुलेट चलाउँदा तीन जना घाइते भएका हुन् ।
माइतीघरबाट सुरु भएको प्रदर्शनले बानेश्वरमा निषेधित क्षेत्र तोडेर संसद भवन परिसरभित्र छिर्न खोजेपछि स्थिती तनावपूर्ण बनेको थियो ।
संसद् भवनभित्रै प्रदर्शनकारी छिर्ने, गेटमा तोडफोड गर्ने लगायतका गतिविधि भएपछि अहिले स्थानीय प्रशासनले कर्फ्यू लगाएको छ ।










