६ पुष २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

जेनजी नेपालको आग्रहः आन्दोलनमा घुसपैठ भयो, सबैजना घर फर्किनू



अ+ अ-

काठमाडौँ । जेनजीको प्रदर्शनले उग्र रुप लिएपछि तत्कालै सबैलाई फर्किन आह्वान गरिएको छ ।

जेनजी नेपाल नामको फेसबुक पेजबाट सो आह्वान गरिएको हो ।

पेजमा लेखिएको सूचनामा भनिएको छ, ‘कृपया तत्कालै सुरक्षित तरिकाले निस्किनुहोला । धेरै स्वार्थ प्रेरित समूहहरुले भिडलाई उत्तेजित बनाइरहेका छन् । चाँडोभन्दा चाँडो त्यहाँबाट निस्कनुस् । हामी आजको दिन सफल भइसकेका छौँ । सबै जना सुरक्षित तरिकाले घर फर्किनुस् ।’