६ पुष २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

संसद भवन अगाडि पुगे जेनजी, प्रहरीद्वारा अश्रुग्याँस प्रहार



अ+ अ-

काठमाडौँ । जेनजीले गरेको सामाजिक सञ्जालमाथि सरकारले लगाएको प्रतिबन्ध र भ्रष्टाचारविरुद्धको प्रदर्शनमा प्रहरीले अश्रुग्याँस प्रहार गरेको छ ।

निषेधाज्ञा तोडेर नयाँबानेश्वरको संसद भवनतर्फ अगाडि बढ्न खोजेपछि प्रहरीले अश्रुग्याँस प्रहार गरेको हो ।

माइतीघरबाट अघि बढेको प्रदर्शन प्रहरीको ब्यारिकेड तोड्दै नयाँबानेश्वरसम्म पुगेको छ ।

यस्तै, तिनकुनेतर्फबाट अघि बढेको टोली पनि संसद भवनको गेट अगाडि नै पुगेको छ भने माइतीघरबाट अघि बढेका प्रदर्शनकारी पनि संसद भवन अगाडि पुगेका छन् ।