६ पुष २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौँमा जेनजीको प्रदर्शन–फोटोफिचर



अ+ अ-

काठमाडौं । भ्रष्टाचार, अव्यवस्था र सामाजिक सन्जाल बन्द गर्ने सरकारको निर्णयविरुद्ध नयाँ पुस्ताका युवा अर्थात् जेन जीहरुले प्रदर्शन गरेका छन् ।

काठमाडौंको माइतीघरमा स्वतः स्फूर्तरुपमा भेला भएर उनीहरु प्रदर्शनमा उत्रिएका हुन् ।

उनीहरुले ‘जेनजी पुस्ता चिच्याउँछ, भ्रष्टहरुलाई गिज्याउँछ’, ‘कता हिँडेको ट्याक्स लुटेर ?’, ‘स्वतन्त्र आवाज हाम्रो अधिकार’, स्टप करप्सन (भ्रष्टाचार रोक) लगायतका नारा लेखेका प्लेकार्ड बोकेका छन् ।

कतिपय युवा कलेज र स्कुल पोशाकमा समेत देखिन्छन् । सत्तामा रहेर मनपरी गर्नेहरुविरुद्ध जेनजी पुस्ता सडक आन्दोलनमा उत्रिएको हो ।

‘दी फाइनल रिभोलुसन– वी आर पञ्चिङ अप’ भन्दै जेनजी पुस्ताले काठमाडौंको माइतीघर मण्डल र संसद् भवन बानेश्वर अगाडि आन्दोलन छेड्ने घोषणा गरेको थियो ।

विगत केही दिनयता सामाजिक सञ्जाल बन्द भएसँगै नयाँ पुस्ताले यो आन्दोलनको नेतृत्व लिने घोषणा गरेको हो ।