४ असार २०८३, बिहीबार
,
Latest
मनसुनजन्य विपद्मा शून्य मानवीय क्षतिको लक्ष्यः गृहमन्त्री गुरुङ मनसुन विपद्का लागि सरकारको उच्च सतर्कता, हेलिकप्टरसहित सबै स्रोत परिचालन हुने आगामी सातादेखि मनसुन प्रतिकार्यमा जुट्नुपर्नेछः प्रमुख कोईराला रास्वपा महाधिवेशनका प्रतिनिधि टुंग्याउने तयारी तीव्र, नयाँ नेतृत्व चयनको प्रक्रिया सुरु कानुन निर्माणको प्राथमिकताबारे श्रममन्त्री यादवसँग मन्त्री गौतमको छलफल सभामुख अर्यालसँग संयुक्त अरब इमिरेट्सका राजदूतको शिष्टाचार भेट विद्युत् परियोजनामा पारदर्शिता बढाउन सूचनापाटी राख्न ऊर्जा मन्त्रीको सुझाव निकुञ्ज घुम्न आउने आन्तरिक पर्यटक बढे अधिकार सम्पन्न यातायात प्राधिकरण गठन नभएसम्म सुधार सम्भव छैन ई–पासपोर्ट खरिद प्रकरण: अनुसन्धानको लागि पूर्व परराष्ट्रमन्त्री आरजुलाई पत्र
तपाईं के खोज्दै हुनुहुन्छ ?

सामाजिक सञ्जालसम्बन्धी सरकारको निर्णयविरुद्ध रिट दर्ता गर्न अस्वीकार



अ+ अ-

काठमाडौँ। सर्वोच्च अदालतले सामाजिक सञ्जालसम्बन्धी सरकारले गरेको निर्णयविरुद्ध परेको रिट निवेदन दरपीठ (दर्ता गर्न अस्वीकार) गरेको छ ।

सर्वोच्चका रजिस्ट्रार मानबहादुर कार्कीले सर्वोच्च अदालतको फैसलालाई आधार बनाउँदै सरकारले सामाजिक सञ्जाल दर्ता गर्न आह्वान गरेको उल्लेख गर्दै रिट निवेदन दरपीठ गर्नुभएको जनाइएको छ ।

सार्वजनिक सरोकारअन्तर्गत अधिवक्ता डा सुनिलरञ्जन सिंहसहित छुट्टाछुट्टै १० वटा रिट निवेदन सर्वोच्चमा परेका थिए ।  दरपीठ आदेशमा भनिएको छ, “यसमा विपक्षी नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले भदौ ९ गतेमा नेपालमा सञ्चालित सामाजिक सञ्जाललाई सात दिनभित्र सूचीकरण गर्नुपर्ने भनी भदौ १२ मा सातदिने सार्वजनिक सूचना प्रकाशन गरेको थियोे ।

नेपाल सरकारको नाममा मिति २०८१ असोज १३ मा आदेशसमेत भएको हुँदा माथि उल्लिखित निर्देशिकाबमोजिम सूचीकृत नभएका सामाजिक सञ्जाल प्लेटफर्महरूलाई निष्क्रिय गर्नेगरी भएको सूचना तथा पत्रलाई समेत बदर गरी पाऊँ भनी यस अदालतको असाधारण अधिकारक्षेत्रअन्तर्गत लिई आएको प्रस्तुत निवेदन दर्ता गर्न मिलेन ।”

यसैगरी मुलुकी देवानी कार्यविधिसंहिता, २०७४ को दफा १२८ तथा सर्वोच्च अदालत नियमावली, २०७४ को नियम १८(२) बमोजिम दरपीठ गरी दिइएको  र यो आदेशको जानकारी सम्बन्धित पक्षलाई दिई कानुनबमोजिम गर्नू भनि आदेशमा उल्लेख गरिएको छ । रासस