३ पुष २०८२, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले निर्वाचन आयोगका अध्यक्षमा डा सुब्बा निर्वाचित



अ+ अ-

ललितपुर। नेपाल कम्युनिष्ट पार्टी (एमाले) को निर्वाचन आयोगको अध्यक्षमा डा विजय सुब्बा पुनः निर्वाचित हुनुभएको छ ।

लितपुरको गोदावरीमा जारी दोस्रो विधान महाविधेशनले आयोगको अध्यक्षमा डा सुब्बालाई सर्वसम्मत चयन गरेको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो । यसअघि पनि उहाँ अध्यक्ष रहनुभएको थियो ।

यस्तै, आयोगको उपाध्यक्षमा सानुराजा पोखरेल र सचिवमा कुन्साङ लामासहित २५ सदस्य चयन गरिएका छन् । आयोगले पार्टीको राष्ट्रिय महाधिवेशन, मातहतका कमिटी र जनसङ्गठनको निर्वाचन गराउने छ । रासस