३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

प्रकाश सपूतले भाइहरूलाई भने जेन–जी अभियानमा सहभागी हुनु ,संयमित रहनु, एकैपटकमा नथाक्नु

प्रकाश सपूतले भाइहरूलाई भने जेन–जी अभियानमा सहभागी हुनु ,संयमित रहनु, एकैपटकमा नथाक्नु
अ+ अ-

काठमाडौं । गायक प्रकाश सपूतले भोलि सोमबार जेन–जीले गर्न लागेको भ्रष्टाचारविरुद्धको प्रदर्शनमा सहभागी भाइहरूलाई आग्रह गरेका छन्।

सरकारले ‘प्रतिबन्ध’ लगाएको सामाजिक सञ्जाल फेसबुकमार्फत सपूतले आफ्ना २५ र २६ वर्षीय भाइहरूलाई प्रदर्शनमा सहभागी हुन आग्रह गर्दे भोलि आन्दोलनमा साथीहरूलाई पानी किनेर बाँड्न भनेका छन् ।

दुवै भाइको खातामा २५–२५ हजार रुपैयाँ पठाएको उल्लेख गर्दै उनले लेखेका छन्, ‘पैसाले पानी किनेर बाँड्नु र भन्नु साथीहरूलाई–हाइड्रेड रहनु, संयमित रहनु, एकैपटकमा नथाक्नु।

उनले लेखेका छन्

प्रिय भाइहरु,

सुनिल (२५ वर्ष ) सचिन (२६ वर्ष ) !

भोली तिमीहरु पनि जानु ! तिमीहरु केही बोल्नै पर्दैन ।तिमीहरुको अनुहारमा प्रष्ट देखिने अन्योल भविष्यको चिन्ताले नै धेरै थोक बोलिसकेको हुनेछ । आँखामा प्रश्न लिएर समूहमा चुपचाप उभिनु पनि आन्दोलन हो ।भोली हुने तिम्रो पुस्ताको नयाँ स्वरुपको आन्दोलन हेर्न म निकै उत्साहित छु । किनकि हाम्रो पुस्ताले पनि जीवनमा थुप्रै आन्दोलन गर्यौ अझ भनौ, युद्द नै भोग्यौ । त्यो आन्दोलनको नेतृत्व गरेकाहरुलाई खत्रै मान्यौ । व्यवस्था फेरेर तिनैलाई विश्वास गरेर पठायौ । गर्लान नि भन्ने आशा गर्यौ ।तर.. छोड़ यार अब यो कथा धेरै रिपिट भयो । उनीहरुले आफ्नो योगदान भन्दा बढि फाईदा लिइ सके ।

जे होस भोली तिमीहरु जानु । मैले तिमीहरुको ख़ातामा २५/२५ हज़ार रुपैया पठाईदिएको छु । जुन गत महिना युटुबबाट कर काटेर आएको थियो । थाहा छैन अब आउछ कि आउदैन !

अँ, त्यो पैसा ले पानी किनेर बाँड्नु र भन्नु साथीहरुलाई- “हाईड्रेड रहनु , संयमित रहनु, एकै पटकमा नथाक्नु ।”किनकि आफ्नै नेतृत्वमा आन्दोलन गरेर ठाउँमा पुगे पछि जनताको आवाज र आन्दोलन दबाउन सक्नेहरुले एक्कै पटकमा मान्ने छैनन्, बुझ्ने छैनन् र गल्ने छैनन् । यिनीहरुलाई बुझाउन र गलाउन तिमीहरु पटक-पटक संगै उभिनु पर्नेछ ।यसपाली उनीहरुलाई जेन जी को सांकेतिक प्रर्दशनले गहिरो महुशुस होस् कि समय धेरै अगाडि गइसकेछ ।आजको गतिशील दुनियाँमा हामी र हाम्रो देशलाई कति पछाडि पारिसकेछौ ।

भोली तिमीहरु जानु र सुरक्षित फर्किनु साझ घरमा परिवार कुरिरहको हुनेछ ! Go ahead guys !