२ श्रावण २०८३, शनिबार
,
Latest
अतिभारी वर्षाको जोखिमः उच्च सतर्कता अपनाउन आग्रह वीरगन्ज भन्सारद्वारा गत आवमा साढे दुई खर्ब राजस्व संकलन मधेस प्रदेशमा ५८ प्रतिशत धान रोपाइँ ब्राउन सुगरसहित एक जना पक्राउ शान्ति प्रक्रिया र गणतन्त्र स्थापनामा डा पाण्डेको योगदान सदैव स्मरणीय रहनेछः संयोजक दाहाल राष्ट्रले एक प्रखर बौद्धिक व्यक्तित्व र लोकतन्त्रको सजग पहरेदार गुमायो : सभापति थापा साना नदीमा आकस्मिक बाढीको जोखिम जनकपुरधाममा गुठीको जग्गा लिजमा दिएपछि विवादः स्थानीय र ओशो ध्यान केन्द्रबीच रस्साकस्सी भारतको ओडिसामा धार्मिक उत्सवका क्रममा भागदौड, धेरै घाइते पाकिस्तानको उत्तर–पश्चिमी क्षेत्रमा सुरक्षा फौजको कारबाही, २४ लडाकु मारिए
तपाईं के खोज्दै हुनुहुन्छ ?

जेनजी समूह र दुर्गा प्रसाईंको भेट, के भयो कुरा ?



अ+ अ-

काठमाडौं । मेडिकल व्यावसायी दुर्गा प्रसाईंसंग जेनजी समूहका अभियन्ताहरुले भेट गर्दे अभियानमा उपस्थित नहुन अनुरोध गरेका छन् ।

प्रसाईँको निबासमा भेट गरी उनिहरुले अभियानमा नैतिक समर्थन जनाएपनि उपस्थित नहुन अनुरोध गरेका हुन् ।

युवाहरुको आग्रह पछि प्रसाईंले भ्रष्टाचारविरुद्धको आन्दोलन शान्तिपूर्ण रहोस् भन्ने शुभकामना व्यक्त गर्दै सफलताको दिएका थिए ।

भेटपछि दुर्गा प्रसाईँ लेख्छन् 

आज कार्यक्रमको पूर्वसन्ध्यामा जेन-जीका संयोजक भाइबहिनीहरूलाई मेरो निजी निवासमा स्वागत गर्ने सौभाग्य पाएँ।

छोटो तर सार्थक संवादले अझ प्रष्ट पारिदियो कि हामीले विगत पाँच वर्षदेखि उठाउँदै आएका मुद्दाहरू साझा र दीर्घकालीन महत्वका रहेछन्।

हामी सबै एउटै निष्कर्षमा पुग्यौँ—आन्दोलन उमेरको विषय होइन। भ्रष्टाचारले सबै उमेरका नागरिकलाई गाँजेको छ। त्यसैले भ्रष्टाचारलाई जरैदेखि उखेलेर फाल्नु, अन्यायविरुद्ध लड्नु र आफ्ना आवाज बुलन्द गर्नु प्रत्येक नागरिकको अधिकार मात्र होइन, कर्तव्य पनि हो।

भ्रष्टाचारविरुद्धको हाम्रो आन्दोलन शान्तिपूर्ण रहोस् भन्ने शुभकामना व्यक्त गर्दै, मैले उपस्थित सबैलाई विदा गरेँ। चैत १५ गतेजस्तो दमन नहोस्, विशेषत: २८ वर्षमुनिका भाइबहिनीमाथि, भन्ने हार्दिक शुभकामना व्यक्त गर्दछु।