१६ भाद्र २०८३, मंगलवार
,
Latest
अवरुद्ध चीनको तिब्बतस्थित केरुङ नाका जोड्ने राजमार्ग सञ्चालनको अन्तिम चरणमा बाढी पीडित भन्छन्–‘राज्यले कम्तीमा शव पहिचान र दाहसंस्कारको वातावरण मिलाइदिए मात्रै पनि अलिकति भएपनि शान्ति… रसुवा बाढीः १ हजार १० जनाको शव फेलाः३९ देशका करिव ५९० जना विदेशी नागरिक अझै… रसुवा बाढीपीडितका लागि इप्पानले १३ करोड १ रुपैयाँ सहयोग गर्ने भोटेकोशी बाढीले अगामी दिनमा जलवायु अनुकूलनयुक्त संरचना निर्माण गर्नुपर्ने पाठ सिकायोः मन्त्री श्रेष्ठ राहतका लागि सरकारले लागू गरेको ‘एकद्वार प्रणाली’ प्रभावकारी हुन सकेनः सांसद सुनार भोटेकोशी बाढी र जनधनको क्षतिप्रति राष्ट्रिय सभाद्वारा विशेष प्रश्ताव पारितः सांसदहरूले १५ दिनको पारिश्रमिक सहयोग… रसुवागढी बाढीको विपद्ः राष्ट्रिय एकता कायम गरी प्रभावकारी उद्धार र राहतमा जुट्न सुवेदीको आग्रह रसुवा बाढी अपडेटः मृतकको सङ्ख्या १ हजार ३ पुग्यो, करिव ४ हजार बेपत्ता पोखरामा १०२ शवको पोस्टमार्टम सम्पन्न, पहिचान हुन नसकेका ७८ शवको सुरक्षित व्यवस्थापन (तस्बिरसहित)
तपाईं के खोज्दै हुनुहुन्छ ?

मोहना नदीमा झोलुङ्गे पुल बन्यो



अ+ अ-

कैलाली। धनगढी उपमहानगरपालिका–१३ र कञ्चनपुरको कृष्णपुर नगरपालिका–९ राजघाट सिमानामा रहेको मोहना नदीमा झोलुङ्गे पुल निर्माण भएको छ । उक्त झोलुङ्गे पुल बनेसँगै मोहना नदी ओहोरदोहोर गर्न सहज भएको छ ।

दुवै ठाउँलाई मोहना नदीले छुट्याएको छ । पुल निर्माण हुनुभन्दा अघि लामो समयसम्म राजघाटका स्थानीयलाई नदी ओहोरदोहोर गर्न समस्या थियो । राजघाटवासीका लागि दूरीको हिसाबले आफ्नो जिल्लाको सदरमुकामभन्दा सँगै जोडिएको कैलालीको धनगढी बजार नजिक पर्दछ । उनीहरुले अधिकांश कामका लागि धनगढी नै धाउनुपर्ने हुन्छ । त्यसैले मोहना नदीमा झोलुङ्गे पुल अति आवश्यक बनेको थियो ।

झोलुङ्गे पुल निर्माणसँगै ओहोरदोहोर गर्न सहज भएको कृष्णपुर नगरपालिका–९ राजघाटकी पूर्ववडासदस्य एवं स्थानीय शारदादेवी चौधरीले राससलाई जानकारी दिनुभयो । “औषधि उपचारदेखि हरेक कामका लागि धनगढी जानुपर्ने हुन्छ, पुल बन्नुभन्दा पहिले वडा नं ८ मजगई भएर लामो दूरीको कष्टपूर्ण बाटोबाट धनगढी जाने गरेका थियौँ”, उहाँले भन्नुभयो ।

पुल निर्माणपछि घरायसी सामान किनमेलदेखि सबै कामका लागि सहज भएको स्थानीय पदम विकले बताउनुभयो । स्थानीय रेखा चौधरी वर्खामा नदीका कारण गाउँलेले समस्या झेल्दै आएका बताउनुहुन्छ ।

झोलुङ्गे पुल निर्माण गर्न कञ्चनपुरको कृष्णपुर नगरपालिकाले आर्थिक वर्ष २०७८÷७९ मा रु ८० लाख ९० हजार ठेक्का लगाएको इञ्जिनियर विष्णु जोशीले बताउनुभयो । उपभोक्ता समिति र निर्माण कम्पनीको साझेदारीमा उक्त पुल निर्माण भएको हो । रासस




भर्खरै