४ असार २०८३, बिहीबार
,
Latest
संसदमा शिक्षामन्त्री सस्मित: के के छन् सरकारका प्रथामिकता ? राप्रपाको कार्यसम्पादन समिति बैठक सुरु, महाधिवेशनदेखि निर्वाचन निर्देशिकासम्म छलफल हुने पीरतीले मलाई सांसद र मन्त्री बनायो: महावीर पुन ठाउँठाउँमा भारी वर्षा, भैरहवाको तापक्रम ४१.५ डिग्री भरतपुरका २९ विषयगत सहकारी संस्था खारेज पक्की पुल बनेपछि बर्सातमा सडक बन्द हुने समस्या हट्यो ईभी प्रकरणको निष्पक्ष छानबिन नभए आन्दोलन गर्ने एमालेको चेतावनी वागमती प्रदेशमा यातायात क्षेत्रको सुधार र कर छुटको घोषणाः २० वर्षको वक्यौतामा दुई वर्षको मात्र… म्याद समाप्त भएका भोगाधिकारका जग्गा लिजमा रूपान्तरण गर्न सरकारको आह्वान खोटाङमा खेलकुदमा विनियोजित बजेट छानबिन गर्न माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

फरार तीन प्रतिवादी पक्राउ



अ+ अ-

काठमाडौँ। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ज्यान मार्ने उद्योग मुद्दाका फरार तीन प्रतिवादीलाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा सिन्धुपालचोकको पाँचपोखरी थाङपाल गाउँपालिका–१ बाँसखर्क घर भई हाल काठमाडौँको गोकर्णेश्वर–५ जोरपाटी बस्ने २८ वर्षीय लोप्साङ बम्जन, नुवाकोटको शिवपुरी गाउँपालिका–१ घर भई काठमाडौँको गोकर्णेश्वर–५ जोरपाटी बस्ने २६ वर्षीय सुमन तामाङ तथा नुवाकोटको शिवपुरी–१ घर भई हाल काठमाडौँको गोकर्णेश्वर–५ जोरपाटी बस्ने ३० वर्षीय कुमार तामाङ रहेका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिनुभयो ।

गत साउन १२ गते गोकर्णेश्वर–५ बाहुनधारास्थित सडक खण्डमा सामूहिक रुपमा पीडितलाई धारिलो हतियार खुकुरी प्रहार गरी सख्त घाइते बनाई फरार रहेका तीनै जनालाई ज्यानसम्बन्धी कसुर (ज्यान मार्ने उद्योग) मुद्दामा काठमाडौँ जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी गरिएको थियो । उनीहरुलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।