३ पुष २०८२, बिहीबार
,
Latest
अवकाशपछिको जाँगरः मौरीपालनबाट मनग्य आम्दानी गर्दै घनश्याम यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर निर्वाचन कार्यक्रमका लागि नागरिक शिक्षा प्रवर्द्धन स्रोत पुस्तिका सार्वजनिक जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे ‘अनुसन्धान शोधवृत्ति’का लागि शोधकर्ता आव्हान राष्ट्रियसभा निर्वाचन : मतदानस्थल तथा केन्द्र निर्धारण प्रलोपाद्वारा लोकतान्त्रिक शक्तिहरूबीच बृहत् ध्रुवीकरणका लागि आह्वान जनमत पार्टीका केन्द्रीय सदस्यहरु आजपामा प्रवेश गरे
तपाईं के खोज्दै हुनुहुन्छ ?

फरार तीन प्रतिवादी पक्राउ



अ+ अ-

काठमाडौँ। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ज्यान मार्ने उद्योग मुद्दाका फरार तीन प्रतिवादीलाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा सिन्धुपालचोकको पाँचपोखरी थाङपाल गाउँपालिका–१ बाँसखर्क घर भई हाल काठमाडौँको गोकर्णेश्वर–५ जोरपाटी बस्ने २८ वर्षीय लोप्साङ बम्जन, नुवाकोटको शिवपुरी गाउँपालिका–१ घर भई काठमाडौँको गोकर्णेश्वर–५ जोरपाटी बस्ने २६ वर्षीय सुमन तामाङ तथा नुवाकोटको शिवपुरी–१ घर भई हाल काठमाडौँको गोकर्णेश्वर–५ जोरपाटी बस्ने ३० वर्षीय कुमार तामाङ रहेका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिनुभयो ।

गत साउन १२ गते गोकर्णेश्वर–५ बाहुनधारास्थित सडक खण्डमा सामूहिक रुपमा पीडितलाई धारिलो हतियार खुकुरी प्रहार गरी सख्त घाइते बनाई फरार रहेका तीनै जनालाई ज्यानसम्बन्धी कसुर (ज्यान मार्ने उद्योग) मुद्दामा काठमाडौँ जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी गरिएको थियो । उनीहरुलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।