१९ मंसिर २०८२, शुक्रबार
,
Latest
हेटौँडाको मुख्य सडक विस्तारको सूचना कार्यान्वयन नगर्न सर्वाेच्च अदालतको अन्तरिम आदेश विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्न माग एक्साइड ब्याटमोबाइल सेवा ५०,००० ग्राहकसम्म पुर्‍याउँदै इतिहास रच्यो एनपीएलः जनकपुरलाई हराउँदै लुम्बिनी प्लेअफमा उपराष्ट्रपति यादवसँग सार्क महासचिवको शिष्टाचार भेट महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली आयोगद्वारा निर्वाचनमा समावेशिता र सुशासन सुनिश्चित गर्न दललाई निर्देशन कांग्रेसको कलहः होला त पुसमा महाधिवेशन ? विनाशकारी मौसमी प्रकोपपछि श्रीलङ्कामा ८५ प्रतिशत विद्युत आपूर्ति अवरुद्ध महिला भलिबल प्रतियोगिता : नेपाल पुलिस क्लब विजयी
तपाईं के खोज्दै हुनुहुन्छ ?

सामाजिक सञ्जालमा लागेको प्रतिवन्ध विरुद्ध प्रर्दशन



अ+ अ-

काठमाडौं । सूचीकरण नभएका सामाजिक सञ्जाल निष्क्रियको विरोधमा पत्रकार महासंघका पूर्वपदाधिकारी सडकमा सरकारले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सूचिकरण नभएका सामाजिक सञ्जालहरु निष्क्रिय पारेको विरोधमा नेपाल पत्रकार महासंघका पूर्वपदाधिकारीहरुले प्रदर्शन गरेका छन् ।

आईतवार काठमाडौंको माइतीघर मण्डलामा उनीहरुले प्रदर्शन गरेका हुन् । सामाजिक सञ्जालमा नियन्त्रण लाद्न खोज्नु प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रतामाथिको प्रत्यक्ष प्रहार भएको भन्दै निर्णय फिर्ता लिन उनीहरुको माग छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपालमा सूचीकरण नभएका सामाजिक सञ्जाललाई भदौ १८ देखि निष्क्रिय पार्ने निर्णय गरेको थियो ।

सरकारको उक्त निर्णय कार्यान्वयनमा समेत गइसकेको छ । सरकारले सामाजिक सञ्जालको प्रयोग व्यवस्थित गर्ने निर्देशिका २०८० तथा सर्वोच्च अदालतको परमादेशका आधारमा सामाजिक सञ्जाल निष्क्रिय बनाएको हो । सरकारको उक्त निर्णयको सत्तारुढ दलकै नेता र नागरिक समाजले आलोचना गरिरहेका छन् । —न्युज एजेन्सी नेपाल