१४ भाद्र २०८३, आईतवार
,
Latest
विपद्को बेला सरकारलाई सघाउँछौँ, कमजोरी पनि औँल्याउँछौँ : गगन थापा बाढीमा परेका मानिसलाई बर्ड फ्लु लागेका कुखुराजसरी गाडिनु दुर्भाग्यपूर्ण : महेश बस्नेत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका नाममा नक्कली विवरण बनाएर ठगी गर्ने पक्राउ भोटेकोशी बाढीः काभ्रेपलाञ्चोकबाट ३६ लाख सहयोग भक्तपुरको सूर्यविनायक नगरपालिकाद्वारा दैवी प्रकोप उद्धार कोषमा ५५ लाख ५५ हजार भोटेकोशी–त्रिशूली बाढी प्रभावितको कल्याणका लागि पशुपतिमा महारुद्री र गुह्येश्वरीमा चण्डीपाठ बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको निःशुल्क सेवा अनिश्चितकालसम्म जारी माथिल्लो त्रिशूली–३ ‘ए’ आयोजनामा उद्धार र क्षति अवलोकन जारी भोटेकोशी बाढीपछिको उद्धार तथा राहतमा भारत–चीनसहित अन्तरराष्ट्रिय समुदायको सहयोग ट्याक्टर दुर्घटनामा मोरङमा चालकको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

बालेनद्वारा जेनजीको र्‍यालीलाई समर्थन



अ+ अ-

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले भोलि आयोजना हुने भनिएको जेनजीको र्‍यालीलाई समर्थन जनाएका छन् ।

उनले र्‍यालीलाई २८ वर्ष मुनिका युवापुस्ताको स्वतःस्फूर्त अभिव्यक्ति भएको बताएका छन् ।

सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै शाहले उमेरको कारणले र्‍यालीमा उपस्थित हुन नसक्ने भए पनि आफूले युवाहरूको सोच, उद्देश्य र आकांक्षा बुझ्न चाहेको उल्लेख गरेका छन् ।

उनले भनेका छन्, “भोलिको र्‍याली स्पष्ट स्वस्फूर्त रूपमा जेन जेडको हो । उहाँहरू भनेको २८ वर्ष मुनि हुनुहुन्छ, जसको लागि म पनि अझै बुढो देखिन्छु । मलाई उहाँहरूको इच्छा, उद्देश्य, सोच बुझ्नु मन छ ।”

शाहले कुनै पनि पार्टी, नेता, कार्यकर्ता, सांसद वा अभियन्ताले आफ्ना स्वार्थ पूर्ति गर्न र्‍यालीलाई प्रयोग नगर्न आग्रह गरेका छन् । साथै, उनले युवापुस्तालाई सम्बोधन गर्दै “प्रिय जेन जेड भन्नुस्, तपाईँहरूले कस्तो देश देख्न चाहनुहुन्छ ?” भनी प्रश्न पनि गरेका छन् ।

माइतीघर मण्डलामा भोलि बिहान ११ बजे प्रदर्शन हुँदैछ ।