७ पुष २०८२, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बालेनद्वारा जेनजीको र्‍यालीलाई समर्थन



अ+ अ-

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले भोलि आयोजना हुने भनिएको जेनजीको र्‍यालीलाई समर्थन जनाएका छन् ।

उनले र्‍यालीलाई २८ वर्ष मुनिका युवापुस्ताको स्वतःस्फूर्त अभिव्यक्ति भएको बताएका छन् ।

सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै शाहले उमेरको कारणले र्‍यालीमा उपस्थित हुन नसक्ने भए पनि आफूले युवाहरूको सोच, उद्देश्य र आकांक्षा बुझ्न चाहेको उल्लेख गरेका छन् ।

उनले भनेका छन्, “भोलिको र्‍याली स्पष्ट स्वस्फूर्त रूपमा जेन जेडको हो । उहाँहरू भनेको २८ वर्ष मुनि हुनुहुन्छ, जसको लागि म पनि अझै बुढो देखिन्छु । मलाई उहाँहरूको इच्छा, उद्देश्य, सोच बुझ्नु मन छ ।”

शाहले कुनै पनि पार्टी, नेता, कार्यकर्ता, सांसद वा अभियन्ताले आफ्ना स्वार्थ पूर्ति गर्न र्‍यालीलाई प्रयोग नगर्न आग्रह गरेका छन् । साथै, उनले युवापुस्तालाई सम्बोधन गर्दै “प्रिय जेन जेड भन्नुस्, तपाईँहरूले कस्तो देश देख्न चाहनुहुन्छ ?” भनी प्रश्न पनि गरेका छन् ।

माइतीघर मण्डलामा भोलि बिहान ११ बजे प्रदर्शन हुँदैछ ।