३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

पूर्वराष्ट्रपतिलाई राजनीतिमा आउन नहुने व्यवस्था विधानमा नै गर्न पार्टी नेतृत्वलाई एमाले नेताहरुको सुझाव

पूर्वराष्ट्रपतिलाई राजनीतिमा आउन नहुने व्यवस्था विधानमा नै गर्न पार्टी नेतृत्वलाई एमाले नेताहरुको सुझाव
अ+ अ-

काठमाडौँ । नेकपा (एमाले)का नेताहरुले पार्टीको विधानमा नै पूर्वराष्ट्रपति, पूर्वउपराष्ट्रपतिलाई राजनीतिमा आउन नहुने स्पष्ट व्यवस्था गर्न पार्टी नेतृत्वलाई सुझाव दिएका छन ।

ललितपुरको गोदावरीमा जारी विधान महाधिवेशनमा अन्तिम दिन आईतवार समूहगत छलफलको निष्कर्ष सुनाउँदै उनीहरुले सो कुरामा जोड दिएका हुन् ।

वागमती प्रदेशका अध्यक्ष कैलाश ढुंगेल, मधेस प्रदेशका अध्यक्ष चण्डेश्वर मण्डललगायतका अधिकांश नेताहरुले आफ्नो समूहको छलफलको निष्कर्ष सुनाउँदै पूर्वराष्ट्रपति, पूर्वउपराष्ट्रपति र संवैधानिक अंगका प्रमुख भईसकेकाहरुलाई राजनीतिमा आउन नदिनका लागि पार्टी नेतृत्वलाई सुझाव दिएको पार्टीका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो । त्यसैगरी उनीहरुले किसानलाई अनुदान बढाउन, सहिद परिवारलाई राजनीतिक क्षेत्रमा प्रतिनिधित्व गराउनमा जोड दिन, पार्टीमा मूल्यांकन गर्ने वैज्ञानिक परिपाटीको विकास गर्नुपर्ने धारणा पनि राखेको उहाँले बताउनु भयो ।

प्रचार विभाग प्रमुख गौतमले भन्नुभयो, ‘लुम्विनी प्रदेशको तर्फबाट त्यसका अध्यक्ष राधाकृष्ण कँडेलले आफ्नो विचार प्रस्तुत गर्नु भएको थियो । गण्डकी प्रदेशमा अध्यक्ष नभएको हुनाले कार्यबहाक अध्यक्ष मिनप्रसाद गुरुङले आफ्नो कुराहरु राख्नु भयो । वागमती प्रदेशका अध्यक्ष कैलाश ढुंगेलले राष्ट्रपति, उपराष्ट्रपतिहहरुलाई विधानमा नै व्यवस्था गरेर राजनीतिमा आउन नपर्ने व्यवस्था गर्नुपर्ने आमको भनाई थियो । केही साथीहरु संख्या तोकेर भन्दा १४ जना साथीहरुको भनाई चाँही आउन दिनुपर्ने भन्ने थियो । त्यसरी नै मधेश प्रदेशका चण्डेश्वर मण्डलले सहीद परिवारलाई राजनीतिक क्षेत्रमा प्रतिनिधित्व गराउँदा प्राथमिकता दिनुपर्ने, मधेशमा महिंला हिँसा, दाईजो प्रथालाई निरुत्साहित गर्नुपर्ने, किसानहरुलाई उत्पादनको आधारमा व्यापक अनुदान दिनुपर्ने, पार्टीमा बैज्ञानिक मूल्यांकन पद्धतिको व्यवस्था हुनुपर्ने, संगठनात्मक अराजकतालाई रोक्नका लागि अनुशासनमा कडाई गर्नुपर्ने र पूर्व राष्ट्रपति, पूर्व उपराष्ट्रपति राजनीतिमा आउन नहुने कुरा विधानमा  नै व्यवस्था गर्नुपर्ने निष्कर्ष सुनाउनु भयो ।’

महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गर्नु भएको राजनीतिक प्रस्ताव, उपाध्यक्ष विष्णु पौडेलले प्रश्तुत गर्नुभएको विधान संशोधन प्रस्ताव र महासचिव शंकर पोखरेलले प्रस्तुत गर्नु भएको संगठनात्मक प्रश्तावमाथि छलफल गर्न बनाएको १० वटा समूहका नेताहरुले आफ्नो सुझाव प्रश्तुत गरिसकेका छन । अध्यक्ष ओलीले सदस्यहरुले राखेका जिज्ञासाको जवाफ दिँदै सो महाधिवेशन समापन हुने पनि प्रचार विभाग प्रमुख गौतमले बताउनु भयो ।