१० असार २०८३, बुधबार
,
Latest
कृषि पर्यटन प्रवर्द्धन गर्न असारे रोपाइँ महोत्सव ‘स्टेट अफ हर्मुज’मा शुल्क लगाए अमेरिका–इरान वार्ता अन्त्य हुने ट्रम्पको चेतावनी गैरकानुनी रूपमा बसेका २४ बङ्गलादेशी नागरिक पक्राउ हेटौँडा उपमहानगरपालिकाको बजेट सर्वसम्मतिबाट पारित अष्ट्रेलियामा बर्ड फ्लुको तेस्रो केस पुष्टि, जैविक विविधतामा जोखिम बढ्ने चेतावनी रुपन्देहीका स्थानीय तहको बजेटः पूर्वाधार, कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन र रोजगारी प्रवद्र्धनलाई प्राथमिकता ललितपुर महानगरको बजेट सात अर्ब ४८ करोड रास्वपाको महाधिवेशनः नौ मन्त्री केन्द्रीय सदस्यको प्रतिस्पर्धामा भारत–अमेरिका व्यापार सम्झौता नजिक, केही विषयमा सहमति बाँकी आप्रवासन अदालत परिसरमा पक्राउ नगर्न ट्रम्प प्रशासनलाई अदालतको आदेश
तपाईं के खोज्दै हुनुहुन्छ ?

विकास, सुशासन र सेवा प्रवाहलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्ने दायित्व निजामति कर्मचारीको होः उपप्रधानमन्त्री सिंह



अ+ अ-

काठमाडौँ । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले विकास, सुशासन र सेवा प्रवाहलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्ने दायित्व निजामति कर्मचारीको भएको बताउनुभएको छ ।

निजामति सेवा दिवसका अवसरमा आईतवार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्दै लोकतन्त्रका लाभहरुको वितरण गर्ने तथा राज्यप्रति नागरिकको भरोसा र विश्वास अभिवृद्धि गर्न निजामति सेवाको भुमिका महत्वपूर्ण रहेको बताउनु भयो ।

नागरिकले विकास र सुशासनको अपेक्षा गरिरहेको सन्दर्भमा निजामति सेवाले त्यसअनुरुप आफूलाई समायोजन, अनुकुलन र परिष्कृत गर्नु अपरिहार्य रहेको बताउनु भयो । वाग्राहीलाई केन्द्रमा राखेर सरल, छरितो र परिणाममुखी सेवा प्रवाह गर्न निजामति कर्मचारीहरु अझ प्रतिवद्ध हुनुपर्नेमा जोड दिनुभयो । समृद्ध नेपाल, सुखी नेपालीको दीर्घकालीन लक्ष्य हाँसिल गर्न निजामति प्रशासनले राजनीतिक मार्गदर्शनमा रही आफ्नो भुमिका वहन गर्नुपर्ने बताउनु भयो । मुलुकले लिएको दीर्घकालीन लक्ष्य, आवधिक योजना, नेपाल सरकारको नीति तथा कार्यक्रमका साथै चालु आर्थिक वर्षको बजेटलाई केन्द्रमा राखेर कार्य सम्पादन गर्नु निजामति सेवाको मुख्य जिम्मेवारी भएको जिकिर गर्नुभयो ।

उपप्रधानमन्त्री सिंहले भन्नुभयो, ‘विकास, सुशासन र सेवा प्रवाहलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्ने दायित्व पनि निजामति सेवाकै काँधमा रहेको छ । संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्दै लोकतन्त्रका लाभहरुको वितरण गर्ने तथा राज्यप्रति नागरिकको भरोसा र विश्वास अभिवृद्धि गर्न निजामति सेवाको भुमिका अति महत्वपूर्ण रहेको छ । नागरिकले विकास र सुशासनको अपेक्षा गरिरहेको सन्दर्भमा निजामति सेवाले त्यसअनुरुप आफूलाई समायोजन, अनुकुलन र परिष्कृत गर्नु अपरिहार्य छ । सेवाग्राहीलाई केन्द्रमा राखेर सरल, छरितो र परिणाममुखी सेवा प्रवाह गर्न निजामति कर्मचारीहरु अझ प्रतिवद्ध हुनुपर्छ । समृद्ध नेपाल, सुखी नेपालीको दीर्घकालीन लक्ष्य हाँसिल गर्न निजामति प्रशासनले राजनीतिक मार्गदर्शनमा रही आफ्नो भुमिका वहन गर्नुपर्दछ । मुलुकले लिएको दीर्घकालीन लक्ष्य, आवधिक योजना, नेपाल सरकारको नीति तथा कार्यक्रमका साथै चालु आर्थिक वर्षको बजेटलाई केन्द्रमा राखेर कार्य सम्पादन गर्नु निजामति सेवाको मुख्य जिम्मेवारी हो ।’

उपप्रधानमन्त्री सिंहले शासन व्यवस्थाको मेरुदण्डका रुपमा रहेको निजामति सेवा राष्ट्र निर्माणको अभिन्न अंग भएको जिकिर गर्नुभयो । नेपालको संविधानको मर्म र भावनालाई आत्मसाथ गरी संघीयताको प्रभावकारी कार्यान्वयन, सार्वजनिक सेवा प्रवाहमा सुधार र भ्रष्टाचार शुन्य  सहनशिलताको नीतिलाई केन्द्रमा राखि नेपाल सरकार अघि बढिरहेको बताउनु भयो । आम जनतामा व्याप्त निराशालाई चिर्दै आशाको सञ्चारसहित राष्ट्र निर्माणको अभियानमा निजामति कर्मचारीको क्रियाशिलता थप अभिवृद्धि हुने बताउनु भयो । प्रशासनिक अन्तरसम्बन्धलाई बलियो बनाउँदै प्रशासनिक संघीयतालाई सुदृढ तुल्याउन कोशेढुंगाको रुपमा अपेक्षा गरिएको संघीय निजामति सेवा विधेयकलाई संसदबाट यथाशक्य छिटो पारित गराइ कार्यान्वयन गराउनेतर्फ सरकार प्रतिवद्ध रहेको बताउनु भयो ।