३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

एमालेको विधान महाधिवेशन आज सकिँदै, सुझाव कस्ता-कस्ता ?

एमालेको विधान महाधिवेशन आज सकिँदै, सुझाव कस्ता-कस्ता ?
अ+ अ-

काठमाडौं । नेकपा एमालेको विधान महाधिवेशन आज सकिँदैछ । राजनीतिक, सांगठनिक र विधान संशोधन प्रस्ताव पारित गर्दै महाधिवेशन सम्पन्न हुने छ ।

ललितपुरको गोदाबारीमा शुक्रबारदेखि जारी विधान महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक, उपाध्यक्ष विष्णु पौडेलले विधान संशोधन र महासचिव शंकर पोखरेलले सांगठनिक प्रतिवेदन पेश गर्नुभएको थियो ।

प्रतिवेदनहरुमाथि हिजो बन्दसत्रमा छलफल भएको छ । २३ सय ४१ जना प्रतिनिधिलाई १० समूहमा विभाजन गरि प्रतिवेदनहरुमाथि छलफल गरिएको हो ।

आजको बैठकमा समूहगत रुपमा समूह नेताले आफ्नो समूहमा आएका निष्कर्षसहितका सुझाव पेश गर्ने छन् । त्यसपछि समग्र छलफल गरी प्रतिवेदन पारित गरिने छ ।

समूह नेतालाई सुनाउने गरी भएको समूहगत छलफलमा विधान महाधिवेशन प्रतिनिधिहरूले खुलेरै आफ्ना विचार राखेका छन् ।

समूहगत छलफलमा नेताहरुले ‘नीति ठूलो कि नेतृत्व ?, आन्तरिक लोकतन्त्र खै ?, पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरण किन स्थगित ? लगायतका प्रश्न राखेका थिए । अर्कोतर्फ केन्द्रीय कमिटीको निर्णय विपरीत बोल्नु र व्यवहार गर्नु पार्टी अनुशासनसँग जोडिन्छ कि जोडिँदैन ? नेतृत्वको आलोचना गर्नेलाई कारबाही किन नगर्ने’ जस्ता प्रश्नमार्फत प्रतिवाद भए । पार्टीमा पहिले उमेरहदको विषय किन ल्याइयो ? अहिले हटाउनुपर्ने कारण के भनेर एक पक्षले प्रश्न गरिरहेका थिए भने अर्को पक्ष नेतृत्व बिचारले स्थापित हुने भएकाले उमेरहद नराख्नु उचित रहेको तर्क गरेका थिए ।

त्यसैगरी पार्टी कमिटीमा समावेशिता बलियो बनाउनुपर्ने सुझावदेखि भ्रष्टाचार र फौजदारी कसूरको आरोप लागे लगत्तै पार्टी सदस्यता खोस्नुपर्नेसम्मका सुझाव आएका छन् ।

कतिपय विधान महाधिवेशन प्रतिनिधिहरूले विधान महाधिवेशनमै वडातहबाट प्रतिनिधित्व हुने प्रावधान राखिनुपर्ने प्रस्ताव गरेका छन् ।

विधान महाधिवेशनमा प्रतिनिधिहरुबीच सबैभन्दा बढी बहस उमेरहद, नेतृत्वमा दुई पटक, पूर्वराष्ट्रपतिको सदस्यता नवीकरण र अनुशासनको परिभाषामा केन्द्रित रहेको छ ।

यी सबै विषयमा समूहगत छलफल सकिएकाले आज समूहगत छलफलमा उठेका विषयमा समूहका नेताले एकीकृत रुपमा राख्नेछन् ।

त्यसलाई सम्बोधन गरेर प्रस्तुत प्रतिवेदन पारित गर्दै विधान महाधिवेशन सकिनेछ । विधान महाधिवेशनमा २ हजार २६ जना प्रतिनिधि र आयोजकका हैसियतमा ३१५ जना थप गरी कुल २ हजार ३ सय ४१ जनाको सहभागी छन् । उनीहरूले निकाल्ने निष्कर्षले एमालेको विधान तयार हुनेछ ।