२७ आश्विन २०८३, मंगलवार Tuesday, October 13, 2026
२७ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar बाढीले क्षति पुर्‍याएको प्राकृतिक उपचार स्थल सिङ्गा तातोपानी कुण्डमा पुनःनिर्माण News Polar गृहमन्त्रीबाट ‘बिम्स्टेक क्षेत्रीय विपद् पूर्वतयारी तथा प्रतिकार्य रूपरेखा’ निर्माणको प्रस्ताव News Polar सुदूरपश्चिममा हट्यो ‘बजेट शून्यता’, प्रतिपक्षीको बहिष्कारबीच बजेट पारित News Polar कोलम्बियामा सरकारी सेनाको हवाई आक्रमण, किशोरीसहित चारको मृत्यु News Polar किष्ट क्यान्सर सेन्टर: प्यालिएटिभ केयर सेवाको एक वर्ष पुरा, क्यान्सरका बिरामीलाई निःशुल्क सेवा News Polar अपाङ्गता भएका व्यक्तिको राजनीतिक सहभागिता बढाउन ‘समावेश’ परियोजना सुरु News Polar नवदुर्गाको तेस्रो स्वरूप चन्द्रघण्टाको आराधना News Polar सुदूरपश्चिममा कांग्रेसको बहिष्कारबीच बजेटमाथि छलफल News Polar डा. कृष्णहरि बरालको शब्द र महेश खड्काको संगीतमा ‘दशैं आयो’ सार्वजनिक News Polar ३० हजार दर्शकको सहभागितामा सिद्धार्थ फुड फेस्टिभल सम्पन्न, प्रशन्ना पाण्डेको प्रस्तुति आकर्षण News Polar कांग्रेस महिला सहमहामन्त्रीमा प्रतिमा निर्वाचित News Polar अस्ट्रेलियामा वन्यजन्तु संरक्षणमा एआईको उपयोग बढ्दै News Polar विपद् जोखिम न्यूनीकरणलाई प्राथमिकता दिन राष्ट्रपति जर्दारीको आग्रह News Polar कांग्रेस महिला खुला केन्द्रीय सदस्यमा १५ जना निर्वाचित, विनिता खड्काको यथास्थितिमा राखिने News Polar मकवानपुरकाे कैलाशमा निःशुल्क स्वास्थ्य शिविर, ४९० जनाले लिए सेवा News Polar ऋण असुलीबाट समस्याग्रस्त १२ सहकारीका २३५ जनाले पाए रकम News Polar अर्थमन्त्री बैंकक प्रस्थान News Polar सुदूरपश्चिम रोयल्सको स्टे पार्टनरमा रोयल ट्युलिप काठमाडौं News Polar धनकुटामा २० व्यक्तिबाट रक्तदान News Polar भन्सार छलेर ल्याइएका सामान बरामद

नेपो बेबी ट्रेन्ड : जेन जी पुस्ताको मौन विद्रोह, सडकमा पोखिए सत्ताले धान्ला ?

नेपो बेबी ट्रेन्ड : जेन जी पुस्ताको मौन विद्रोह, सडकमा पोखिए सत्ताले धान्ला ?
अ अ+ अ-

फोटो- एआई

संसार समयअनुरूप चल्छ, कसैलाई पर्खंदैन । नेतृत्व पनि समयअनुसार चल्न नसके परिवर्तन गर्नुपर्छ । परिवर्तन हुन अस्वीकार गर्ने र जनभावना बुझ्न नसक्ने नेतृत्वलाई कि त समाजले अस्वीकार गर्छ कि आन्दोलनले परास्त गर्छ ।

आजभन्दा २० वर्ष अगाडि देखिएको संसार र आजभन्दा २० वर्षपछि देखिने संसार पक्कै भिन्न हुन्छ । कोपिला राम्रो भए फूल राम्रो बनाउन सकिन्छ, सबै जगेर्ना गर्ने मालीको हातमा हुन्छ । यसको मतलब, हामीले देख्न चाहे अनुरूप संसार बन्छ तर कस्तो बनाउने ? हाम्रो हातमा छ यानी कि सबै वर्तमानको क्रियाकलापले देखाउँछ ।

गन्तव्य के हो ? कस्तो सोचले आगामी दिनलाई डोहोर्‍याउने ? इन्द्रीयहरुलाई कसरी वशमा राख्ने ? के गर्न हुने र के गर्न नहुने ? आफ्नो कर्तव्य के हो ? सबै सोच्ने भार युवा पुस्तामाथि आइसकेको छ । तर युवालाई सधैं बहिस्करणमा पार्ने राजनीतिक नेतृत्वको संस्कारका कारण आज नेपाली युवा पुस्ता पछाडि परेको छ । समाजलाई अगाडि बढाउने र असल मार्गमा लैजान खोज्ने युवा जमातले न देशको शासन व्यवस्था बुझ्न सकेको छ न त अघिल्लो पुस्ताबाट राम्रो संस्कार नै पाउन सकेको छ । त्यसको सबै दोष राजनीतिक नेतृत्व र राज्य सञ्चालकहरुले लिनुपर्ने अवस्था आएको छ ।

अहिले सरकारले २६ वटा सामाजिक सञ्जाल बन्द गरेपछि युवा आक्रोस झन् चुलिएको छ । सामाजिक सञ्जालमार्फत् युवा पुस्ताले गर्दै आएको आलोचना रहन नसकेपछि सरकारले झन् कठोर बनेको विश्लेषणसहित युवा विद्रोह सुरु भएको छ । खुला रहेका सामाजिक सञ्जालमा अहिले युवाको आक्रोस यसरी पोखिँदै छ त्यो सायद राजनीतिक नेतृत्वले बुझ्न सकेको छैन । समाजमा युवा पुस्ताले सुरु गरेको अभियानले भित्रभित्रै आगो जसरी सल्किएको छ । राजनीतिक नेतृत्वप्रतिको वितृष्णा छताछुल्ल भएको छ ।

एकातिर देशका सामान्य नागरिकको अवस्था कमजोर छ । दु:ख, अभाव र पीडामा डुबेको छ । जीवनभर पसिना बगाउँदा पनि उसले वृद्धावस्थामा न राज्यबाट कुनै सहयोग पाएको न छ न त असक्त हुँदा उपचार नै पाएको छ । तर ठीक उल्टो नेता र उनीहरुका सन्तान विलासी जीवनशैलीमा रमाइरहेका छन् । सामाजिक असन्तुलनको खाडल यसरी बढेको छ कि त्यो सामान्य छैन । हो यस्तै प्रवृत्तिविरुद्ध युवाहरुको आक्रोस सामाजिक सञ्जालमार्फत् छरपस्ट हुँदै आएकोमा अब एकीकृत हुन थालेको हो ।

धेरै सामाजिक सञ्जाल त बन्द भइसके । तर खुलेका सामाजिक सञ्जालमार्फत् पछिल्ला केही दिन यता ‘नेपो बेबी’ (नेपो किड) ट्रेन्ड चलेको छ । यो ट्रेन्ड मनोरञ्जनको ट्रेन्ड भने होइन । नेपालमा व्याप्त भ्रष्टाचारविरुद्व युवा पुस्ताले सञ्चालन गरेको अभियान हो ।

जहाँ राजनीतिक तथा प्रभावशाली परिवारका सन्तानहरूलाई ‘नेपो किड’ भन्दै ‘टिकटक’ र ’रेडिट’ जस्ता प्लेटफर्महरूमा उनीहरुको जीवनशैलीमाथि प्रश्न उठाइएको छ । राजनीतिज्ञ तथा प्रभावशाली व्यक्तिहरुले पाएको विशेषाधिकारका कारण जनता मारमा परेको आरोप सामाजिक सञ्जालमा छताछुल्ल छ ।

अंग्रेजी गीतको धुनमा थरीथरीका आकर्षक इफेक्ट प्रयोग गरिएका भिडिओ सामाजिक सञ्जालमा छताछुल्ल छन् । नेता र उनीहरूका सन्तानको कल्पनीय विलासी जीवनशैलीसँगै सामान्य जनताका सन्तानले देशमा भोगिरहेका दु:ख, अभाव र विदेशमा पसिना बगाउनुपर्ने बाध्यताका कारुणिक दृश्य समेटिएका छन् । यसरी सामाजिक सञ्जालका प्लेटफर्म टिकटक र रेडिटमा यतिखेर #NoMoreCorruption (भ्रष्टाचार चाहिँदैन) र #WakeUpChallenge (जागृत बनौँ अभियान) जस्ता ह्यासट्यागसहित नेताका सन्तानको विलासी जीवनशैली पर्दाफास गर्ने अभियान चलेको हो ।

यो अभियान यत्तिकै चलेको होइन । मनोरन्जनका लागि पनि होइन । यो त युवाहरुको शान्त विद्रोह हो । यसले नेताका सन्तानले प्रवद्र्धन गरेका ब्रान्डहरू बहिस्कार गर्ने, उनीहरूलाई सामाजिक सञ्जालबाट अनफलो गर्ने, विलासी जीवनयापनको स्रोत के हो भन्दै कमेन्ट गर्ने जस्ता कामलाई समेत प्रोत्साहन गरिरहेको छ । यी भिडिओ र पोस्टमा देशका दर्दनाक दृश्यहरू देखाइन्छन् । त्यसलाई सनसनी बनाउन क्रान्तिकारी गीतसमेत राखिएको छ ।

स्वदेशमा रोजगारी नपाउँदा विदेशिनुपर्दा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परिवारसँग छुट्टिएको कारुणिक दृश्य, विदेशमा ज्यान गुमाएर काठको बाकसमा फर्किएको शव र गाउँघरमा अझै पनि तुइन चढेर जोखिमपूर्ण तरिकाले खोला तर्नुपर्ने कष्टकर जीवनयापनका तस्बिर जताततै छरिएका छन् । नेतृत्वले हेर्दा काल्पनिक लाग्ने यी दृश्य वास्तविक हुन् ।

सामाजिक सद्भाव कायम गर्न भने अभियानमा जोडिएकाहरु सजग देखिएका छन् । ‘यो मधेशी र पहाडी वा तल्लो, माथिल्लो, आर्य वा मङ्गोलियनबीचको कुरा होइन । यो नेपाली र भ्रष्ट नेताबिचको कुरा हो । उनीहरूलाई बहिष्कार गरौं । ट्रेन्ड पछ्याऔं’ भन्दै यस अभियानलाई अगाडि सारिएको छ ।

सामाजिक सञ्जाल प्रयोगकर्ता खासगरी टिकटक र रेडिट प्रयोगकर्ताले चर्को आवाज उठाइरहेका छन् । जनताले राज्यलाई तिरेको करको हिसाव किताव माग्ने काम पनि यही अभियानमार्फत् भइरहेको छ । अभियानमा ‘हाम्रो कर कहाँ जान्छ ?’ भन्दै साङ्केतिक रूपमा नेता तथा उनीहरूको सन्तानको विलासिताका लागि खर्च हुने बताउँदै फोटो राखिएका छन् । नेताका सन्तानले राखेका महँगा गाडी, ब्रान्डेड कपडा, विदेश भ्रमण र भव्य पार्टीका तस्वीरलाई सङ्कलन गरी जनताको दु:खसँग तुलना गर्दै प्रश्न सोधिएको छ ।

सामाजिक सञ्जालमा ‘हाम्रो देश बिरामी’, ‘नेपालका भ्रष्ट राजनीतिज्ञ’, ‘इलेक्सन’, ‘नेपाली राजनीतिज्ञका सन्तान’ जस्ता शब्दहरूको खोजी (सर्च) गर्ने क्रम पनि निकै बढेको छ ।

‘नेपो किड’ के हो ?

‘नेपो किड’ वा ’नेपो बेबी’ शब्द विश्वव्यापी प्रचलित छ । अंग्रेजी शब्द ‘नेपोटिजम’ बाट यो शब्दको उत्पत्ति भएको हो । जसको अर्थ पारिवारिक पहुँच वा नातावादका आधारमा प्राप्त अवसर भन्ने बुझिन्छ । हलिउडदेखि बलिउडसम्म फिल्म स्टारका छोराछोरीहरूलाई उनीहरूको प्रतिभाभन्दा पनि पारिवारिक सम्बन्धका कारण सजिलै अवसर पाएको भन्दै यो शब्द प्रयोग गरिन्थ्यो ।

केही समय अघि फिलिपिन्समा यो अभियान सञ्चालनमा आएको थियो । जसमा फिलिपिन्सका राजनीतिज्ञ र सरकार मातहत हरका सन्तानको जीवनशैलीमाथि प्रश्न उठाएको थियो । त्यस्तै नेपालमा पनि राजनीतिक परिवारका सन्तानहरूलाई लक्षित गर्दै यो ट्रेन्ड फैलिएको हो ।

टिकटकमा #PoliticiansNepoBabyNepal मार्फत् धेरै भिडियोहरु बनाइएका छन् । जहाँ नेताका छोराछोरीहरूको फोटो, भिडियो वा उनीहरूको महँगो जीवनशैली देखाउँदै प्रश्न गरेका छन् । टिकटकको एउटा भिडियोमा भनिएको छ– ‘के उनीहरूले आफ्नो दक्षता र मेहनतका कारण यो जीवन पाए, वा आफ्ना बुबाआमाको भ्रष्ट शक्ति र सम्पत्तिका कारण ?’

कसैले नेताका विदेशमा अध्ययनरत छोराछोरीको भव्य जीवनशैली देखाएका छन् भने कसैले राजदुतका सन्तानले पाएको विशेष सुविधाहरूलाई उजागर गरेका छन् । यी भिडियोहरूमा व्यक्त आक्रोश र प्रश्नहरूले नेपाली समाजमा मौलाएको असमानता र भ्रष्टाचारप्रतिको जनअसन्तुष्टिलाई स्पष्ट पारेको छ ।

यो ट्रेन्डलाई अझ सक्रियताका साथ अगाडि जाने र उनीहरुको जीवनशैलीमाथि प्रश्न गर्ने क्रम नरोकिने देखिन्छ । यो ट्रेन्ड केवल भर्चुअल संसारमा मात्र सीमित नभइ सडकसम्म पनि आउने देखिन्छ । किनकी अभियानकर्ताहरुले सोमबार संसद् भवन बानेश्वरसहित देशका विभिन्न स्थानमा आन्दोलन नै घोषणा गरेका छन् ।

सामाजिक सञ्जालमा आवाज उठाउनेहरू अब सडकमा उत्रिएर, विरोध गरेर आफ्नो शक्ति देखाउनुपर्नेमा जोड दिइरहेका छन् । ‘यो हाम्रो समय हो । जति हामी चुप लाग्छौं, उति उनीहरूले हामीलाई शोषण गर्नेछन्,’ भन्ने वाक्य धेरैपटक दोहोरिएका छन् ।

सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने सरकारी प्रयासलाई लिएर पनि आक्रोश बढेको छ । आवाज उठाउनेहरूले ‘देश जल्दा चुप लाग्नु सहभागिता हो’ भन्दै राष्ट्रिय मुद्दामा नबोल्ने कलाकार, इन्फ्लुएन्सर, मिडियाकर्मी र सार्वजनिक व्यक्तित्वलाई अनफलो गर्ने अभियान चलाउन आह्वान गरेका छन् । बंगलादेशमा यस्तै ‘अनफलो अभियान’ सफल भएको उदाहरण पनि दिइएको छ ।

धेरै युवाले यो ट्रेन्डलाई भ्रष्टाचारविरुद्वको अभियान र राजनीतिक सुधारको आन्दोलनसँग जोड्न थालेका छन् । यसले पनि नेपाली राजनीतिक नेतृत्वले युवा पुस्ताको आवाज नसुनेको र भावना नबुझेको प्रस्ट हुन्छ । अब युवाको आवाज तत्काल सम्बोधन नगर्ने र पेलाहा प्रवृत्ति जारी राख्ने हो भने अहिले सामाजिक सञ्जालमा देखिएको विद्रोह सडकमा पोखिन सक्छ । यति यो अवस्था आयो भने अहिलेको राजनीतिक नेतृत्व कहाँ पुग्ने हो त्यो बेलैमा सचेत हुनुपर्ने देखिएको छ ।