१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar चर्चित उपन्यास ‘एक चिहान’ मा आधारित नाटक १६ गतेदेखि काठमाडौँमा मञ्चन हुँदै News Polar पहिरोले लामाबगरका चार घर र दुई गोठ पुरिए, एक जना घाइते News Polar सङ्घीय निजामती सेवासम्बन्धी विधेयक संसद्मा पेस गर्ने सरकारको निर्णय News Polar बाढी–पहिरोबाट अवरुद्ध टेलिकमका १३० साइट अझै सञ्चालनमा आउन बाँकी News Polar लमजुङको राइनास नगरपालिकाका १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा News Polar रसुवाको स्वास्थ्य सेवा व्यवस्थापनका लागि १२ बुँदे निर्णय News Polar राष्ट्रपति पौडेलसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट News Polar चोलेन्द्र शमशेर राणालाई पक्राउ नभई सुरक्षा दिइएको सरकारको स्पष्टोक्ति News Polar स्वास्थ्य क्षेत्र सुधारका लागि अमेरिकाको २ करोड ७ लाख डलर अनुदान स्वीकार गर्ने सरकारको निर्णय News Polar मोटरसाइकल दुर्घटनामा पूर्वसांसद दाहाल घाइते News Polar प्रोत्साहन भत्तामा सबै शिक्षक-कर्मचारीलाई समान व्यवहार गर्न माग News Polar सरकार ‘टाउकोले टेकेर उल्टो दिशा’ मा हिँडिरहेको छः एमाले प्रमुख सचेतक महर News Polar सरकार ६ महिनामै नागरिकका अपेक्षा पूरा गर्न असफल भयो : सांसद बराल News Polar दुलालको टिप्पणी– ‘सरकारको सुशासनको नारा भ्रममा सीमित भयो’ News Polar मुग्लिन–पोखरा सडक आयोजना अन्तिम चरणमा, पश्चिम खण्ड नोभेम्बरसम्म सक्ने तयारी News Polar पार्टीमा अनुशासन कडाइका साथ लागू हुन्छ : अध्यक्ष ओली News Polar तरकारीखेतीले फेरिएको जीवन News Polar प्रतिरक्षा विश्वविद्यालय नेपाली सेनाको मात्र विश्वविद्यालय होइनः कानुनमन्त्री गौतम News Polar नेप्से परिसूचक ९ अङ्कले घट्यो News Polar असोज १७ देखि तीन दिन भीषण वर्षा हुने खबर भ्रामक : मौसम विभाग

सहरी क्षेत्रको माटोको गुणस्तर अभिवृद्धि गर्नु जरुरी छः मन्त्री परियार

सहरी क्षेत्रको माटोको गुणस्तर अभिवृद्धि गर्नु जरुरी छः मन्त्री परियार
अ अ+ अ-

काठमाडौँ। कृषि तथा पशुपन्छी विकासमन्त्री मदनप्रसाद परियारले खेतीयोग्य गाउँकोजस्तै सहरी क्षेत्रको माटो पनि मूल्यवान भएकाले त्यसको संरक्षण एवं गुणस्तर अभिवृद्धि अपरिहार्य रहेको बताउनुभएको छ ।

बाह्रौँ विश्व माटो दिवसका अवसरमा कृषि विभागले आज यहाँ आयोजना गरेको कार्यक्रममा उहाँले माटो कृषि उत्पादनको प्रमुख साधन हुनुका साथै सम्पूर्ण पारिस्थितिक प्रणाली सन्तुलनको महत्त्वपूर्ण अवयव भएकाले यसको संरक्षणसँगै गुणस्तर अभिवृद्धि गर्नु जरुरी रहेकामा जोड दिनुभयो । “खेती हुने गाउँको माटोजस्तै सहरको माटो पनि मूल्यवान छ । त्यसैले यसको संरक्षण एवं गुणस्तर अभिवृद्धि गर्नतर्फ सबै केन्द्रित हुनुपर्ने आवश्यकता छ”, उहाँले भन्नुभयो ।

मन्त्री परियारले व्यावसायिक र सघन खेती प्रणाली अवलम्बन गरिँदा नेपालको अधिकांश माटो अम्लीय हुन गएको उल्लेख गर्दै विशेषगरी पूर्वी नेपालको माटो पश्चिम नेपालको तुलनामा बढी अम्लीय रहेको जानकारी दिनुभयो । अम्लीय माटोको उर्वराशक्ति घट्न गई उत्पाकत्वमा ह्रास आउने उहाँको भनाइ छ ।

उत्पादन बढाउन र माटोको संरक्षणका लागि उर्वराशक्ति बढाउनुपर्नेमा जोड दिँदै माटोको सही उपयोगमार्फत दिगो कृषि उत्पादन वृद्धि गर्नुका साथै सम्पूर्ण पारिस्थितिक प्रणाली सन्तुलन गर्नका लागि माटो स्वास्थ बनाउन, सुधार गर्न र संरक्षण गर्न जरुरी रहेको उहाँले बताउनुभयो ।

ग्रामीण क्षेत्रमा असन्तुलित रासायनिक मल तथा अत्यधिक विषादीको प्रयोग, अव्यवस्थित खेती गरिनु तथा सहरमा अत्यधिक प्लाष्टिकको प्रयोग, औद्योगिक तथा घरायसी फोहर चुनौतीका रूपमा रहेका मन्त्री परियारले बताउनुभयो । उहाँले भन्नुभयो, “त्यसबाहेक बढ्दो सहरीकरणले खुला क्षेत्र माटो, कङ्क्रिट र सडकले ढाकिँदैछ, जसले माटोको पानी सोस्नुका साथै बिरुवा उमार्ने क्षमता कम हुँदै जान्छ । यही कारणले हाम्रो माटोको गुणस्तरमा ह्रास आएको हो ।”

मन्त्री परियारले नक्सालाई अद्यावधिक गर्ने कार्य भइरहेको बताउँदै त्यसबाट किसानले आफ्नो जमिन र माटोको खाद्यतत्वको अवस्था जानकारी लिइ सोबमोजिम सन्तुलित मलखाद प्रयोग गर्नसक्ने बताउनुभयो ।

मन्त्रालयले सरोकार भएका निकायसँगको समन्वयमा माटो परीक्षण, सन्तुलित मलखाद प्रयोगलगायत विषयमा प्राविधिक तथा किसानको क्षमता अभिवृद्धि गर्ने, रासायनिक र प्राङ्गारिक मलको सही प्रयोग एवं नियमनसम्बन्धी कार्यहरू नियमित गर्दै आएको उहाँले जानकारी दिनुभयो । रासस