२ पुष २०८२, बुधबार
,
Latest
ट्रकको ठक्करबाट घाइते भएकी महिलाको मृत्यु संसद विघटनविरुद्ध कांग्रेसको रिटमा कारण देखाऊ आदेश रूस र इरानद्वारा अन्तर्राष्ट्रिय यातायात मार्ग कार्यान्वयनलाई गति दिने प्रतिवद्धता ट्रम्पद्वारा थप सात देश र प्यालेस्टाइनमाथि पूर्ण यात्रा प्रतिबन्ध पाँच महिनामा एक अर्ब १४ करोड राजस्व सङ्कलन ट्रकको ठक्करबाट घाइते भएकी महिलाको मृत्यु जापान सरकारद्वारा धनुषामा दुई विद्यालय भवन निर्माण नेपालद्वारा अफगानिस्तानसामु १२५ रनको लक्ष्य प्रस्तुत हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले उपाध्यक्ष तामाङलाई निलम्बन गर्‍यो भोजपुर–खोटाङ जोड्ने पर्यटकीयस्थल तावा भञ्ज्याङको प्रवर्द्धनको खाँचो
तपाईं के खोज्दै हुनुहुन्छ ?

आजपा अध्यक्ष प्रभु साह दिल्ली प्रस्थान



अ+ अ-

काठमाडौं। आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साह छिमेकी मुलुक भारतको राजधानी नयाँ दिल्ली प्रस्तान गरेका छन् । काठमाडौं स्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आज उनी नयाँ दिल्ली प्रस्तान गरेका हुन् ।

‘प्रवासी नेपालीहरुको सम्मान र सुरक्षाका लागि’ आम प्रवासी नेपाली एकता समाजले आईतबार नयाँ दिल्लीमा आयोजना गरेको भेला एवं अन्तरक्रिया कार्यक्रममा आजपा अध्यक्ष साह सहभागि हुने कार्यक्रम रहेको छ ।

आजपा निकटको आम प्रवासी नेपाली एकता समाज भारत शाखाले आयोजना गर्न लागेको सो कार्यक्रममा नेपालबाट नयाँ दिल्लीमा विभिन्न पेशाव्यवसायमा रहेका नेपालीहरुको सहभागिता रहने साहको सचिवालयले जनाएको छ ।

यस अघि हालै आजपा अध्यक्ष साह भारतको मुम्बईमा आयोजित प्रवासी नेपालीहरुको कार्यक्रममा सहभागि भएका थिए । आजपा नेपाल सहित विदेशमा समेत कमिटी बिस्तार गर्ने क्रममा रहेको छ ।

दिल्लीमा आजपा अध्यक्ष भेला, अन्तरक्रिया कार्यक्रमका साथै त्यही रहेका नेपाली उधोगी, व्यापारी, बिद्यार्थी लगायतकासंग समेत भेटघाट गर्ने कार्यक्रम रहेको छ । आजपा अध्यक्ष साह आठ बर्षपछि पहिलो पटक दिल्ली पुगेका हुन् ।

दिल्लीको कार्यक्रम सम्पन्न भएको केही समयपश्चात आजपाले मलेसिया, दुवई, कतार लगायतका मुलुकमा समेत संगठन बिस्तार गर्दै बिभिन्न कार्यक्रम आयोजना गर्ने योजना बनाएको छ ।