२ पुष २०८२, बुधबार
,
Latest
ट्रकको ठक्करबाट घाइते भएकी महिलाको मृत्यु संसद विघटनविरुद्ध कांग्रेसको रिटमा कारण देखाऊ आदेश रूस र इरानद्वारा अन्तर्राष्ट्रिय यातायात मार्ग कार्यान्वयनलाई गति दिने प्रतिवद्धता ट्रम्पद्वारा थप सात देश र प्यालेस्टाइनमाथि पूर्ण यात्रा प्रतिबन्ध पाँच महिनामा एक अर्ब १४ करोड राजस्व सङ्कलन ट्रकको ठक्करबाट घाइते भएकी महिलाको मृत्यु जापान सरकारद्वारा धनुषामा दुई विद्यालय भवन निर्माण नेपालद्वारा अफगानिस्तानसामु १२५ रनको लक्ष्य प्रस्तुत हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले उपाध्यक्ष तामाङलाई निलम्बन गर्‍यो भोजपुर–खोटाङ जोड्ने पर्यटकीयस्थल तावा भञ्ज्याङको प्रवर्द्धनको खाँचो
तपाईं के खोज्दै हुनुहुन्छ ?

एभरेष्ट महिला भलिबल लिग: मधेस, ललितपुर र कर्णालीको जित



अ+ अ-

कास्की। पोखरामा जारी एभरेष्ट महिला भलिबल लिग (इडब्लुभी) मा आज सम्पन्न खेलमा मधेस, ललितपुर र कर्णाली विजयी भएका छन् ।

पोखरा रङ्गशालास्थित बहुउद्देश्यीय कभर्डहलमा आज साँझ सम्पन्न तेस्रो खेलमा मधेस युनाइटेडले घरेलु टोली पोखरा निन्जाजलाई ३–० को सोझो सेटमा पराजित गरेको छ । मधेसले पहिलो र दोस्रो सेट समान २५–१९ र तेस्रो सेट २५–२३ ले जित निकाल्यो । मधेशको यो पहिलो जित हो भने पोखराको दोस्रो हार हो ।

आजै भएको पहिलो खेलमा ललितपुर क्विन्सले काठमाडौँ स्पाईकर्सलाई ३–० सोझो सेटमा पराजित गरेको थियो । ललितपुरले काठमाडौँलाई २५–१९, २५–२३, २५–२१ ले हरायो । ललितपुरको यो लगातार दोस्रो जित हो ।

यसैगरी आजको दोस्रो खेलमा कर्णाली यशविशले लुम्बिनी लाभाजलाई ३–१ को सेटले राजित गरेको थियो । पहिलो सेट २३–२५ ले गुमाएको कर्णालीले पछिल्ला तीन सेटमा पुनरागमन गर्दै खेल आफ्नो पक्षमा पारेको हो । कर्णालीले दोस्रो सेट २५–२१, तेस्रो सेट २५–१७ र चौथो सेट २५–२२ ले जित निकाल्यो ।

लिगको तेस्रो दिन आइतबार दुई खेल हुनेछन् । पहिलो खेल मधेस युनाइटेड र काठमाडौं स्पाईकर्सबीच दिउँसो २ बजेबाट सुरु हुनेछ । आइतबारको दोस्रो खेल पोखरा निन्जाज र लुम्बिनी लाभाजबिचको खेल साँझ ४ बजेबाट सुरु हुनेछ । इन्फिनिटी ड्रिम्स प्रालिको आयोजनामा जारी लिग भदौ २८ गतेसम्म सञ्चालन हुनेछ ।