२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

उराँव समुदायको उत्थानका लागि सरकारले विशेष कार्यक्रम ल्याउनुपर्छः सभापति देउवा



अ+ अ-

सुनसरी। नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले उराँव समुदायको उत्थानका लागि सरकारले विशेष कार्यक्रम ल्याउनुपर्नेमा जोड दिनुभएको छ ।

सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–४ मा आज करम पूर्वसन्ध्या तथा करम पूजा सांस्कृतिक महोत्सवलाई सम्बोधन गर्दै सभापति देउवाले उराँव समुदायको उत्थानका लागि स्थानीय र प्रदेश सरकार बढी सक्रिय भएर योजना बनाउनुपर्ने बताउनुभयो । उराँव समुदायका लागि विशेष कार्यक्रम ल्याउन सरकारसँग उहाँले आग्रहसमेत गर्नुभयो ।

सभापति देउवाले उराँव समुदायका नागरिकको शैक्षिक गुणस्तर उकास्न स्थानीय तथा प्रदेश सरकारसहित सङ्घीय सरकारको सहकार्य र समन्वय आवश्यक पर्ने खाँचो औँल्याउनुभयो । यो समुदायको उत्थानका लागि नेपाली कांग्रेसले नेपाल उराँव सङ्घ गठन गरेको उहाँले जानकारी दिनुभयो ।

कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्की, राजिव कोइराला, इनरुवा नगरपालिकाका प्रमुख केदार भण्डारी, भोक्राहा नरसिंह गाउँपालिकाका अध्यक्ष अजमल अख्तर अजाद, कोसी गाउँपालिकाका अध्यक्ष ऐयुव अंसारी, हरिनगर गाउँपालिकाका अध्यक्ष गफार अंसारीलगायत व्यक्तिको सहभागिता थियो । रासस