२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

मेलबर्नमा यसरी मनाईयो इन्द्र जात्रा-फोटो फिचर



अ+ अ-

मेलबर्न, अष्ट्रेलिया । नेवा गुथी, मेलबर्नको आयोजनामा अष्ट्रेलियन नेपाली बहुसांस्कृतिक केन्द्रमा पहिलोपटक इन्द्र जात्रा (येन्या पुन्ही) महोत्सव भव्यताका साथ सम्पन्न भएको छ। कार्यक्रममा मेलबर्नवासी नेपाली समुदायले उत्साहपूर्वक सहभागिता जनाएका थिए।

काठमाडौंको मुटुबाट आएको सयौं वर्ष पुरानो परम्परालाई मेलबर्नमा प्रस्तुत गर्दै, यस महोत्सवले नेवा समुदायको धनी सांस्कृतिक विरासत मात्र देखाएन, बहुसांस्कृतिक समाजमा नेपाली पहिचानलाई उजागर गरेको आयोजकले बताएका छन्।

महोत्सवको प्रमुख आकर्षण देवता गणेश, भैरव र जीवित देवी कुमारीको रथयात्रा रहेको थियो। विशेषत: नेपाल समुदायकी महिलाहरूले गर्वका साथ रथ तानेर परम्परा र सशक्तिकरणको सन्देश दिएका थिए। यसै क्रममा लखे नाच र पुलुकिसी (हात्ती) नाच प्रस्तुत गरिएको थियो, जसले सबै उमेरका दर्शकलाई मन्त्रमुग्ध बनायो।

नेवा समुदायको परम्परागत परिकार समय बाजी लगायतका स्वादिष्ट नेपाली खाना, कला र हस्तकलाको स्टलले कार्यक्रमलाई अझ आकर्षक बनाएको थियो।

कार्यक्रममा  कन्सुलर  निराजन गौलिको विशेष उपस्थिति रहेको थियो भने प्रमुख अतिथि, भिक्टोरियाकी बहुसांस्कृतिक मामिलाका मन्त्री सुश्री इन्ग्रिड स्टिटले नेपाली समुदायको योगदानको प्रशंसा गर्दै शुभकामना व्यक्त गरिन्।

मेलबर्नमा पहिलो इन्द्र जात्राले परम्परा मात्र पुनर्जीवित गरेन, “संस्कृति उत्सव मनाऔँ, समुदायलाई समर्थन गरौं” भन्ने मूल भावनालाई पनि उजागर गरेको छ।

तस्बिर: प्रदीपराज वन्त,रासस