३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

काठमाडौँमा राष्ट्रिय अनौपचारिक शिक्षा सम्मेलन सम्पन्न

काठमाडौँमा राष्ट्रिय अनौपचारिक शिक्षा सम्मेलन सम्पन्न
अ+ अ-

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले परम्परागत ज्ञान, सीप र कलालाई जीवनसँग जोड्ने अनौपचारिक शिक्षालाई सरकारले राष्ट्रिय योग्यताको प्रारूपअनुसार प्राथमिकता दिने बताउनुभएको छ ।

अन्तरराष्ट्रिय साक्षरता दिवस २०२५ को अवसरमा शिक्षा तथा मानव स्रोत विकास केन्द्र तथा युनेस्को काठमाडौैँको संयुक्त आयोजनामा काठमाडौँमा शुक्रबार सम्पन्न राष्ट्रिय अनौपचारिक शिक्षा सम्मेलनमा मन्त्री पन्तले भन्नुभयो, “हामीसित पुख्र्यौली ज्ञान अथाह छ, शिक्षा र सीपलाई जीवनसँग कसरी जोड्ने भन्ने अहिलेको मूल चुनौती भएको छ । परम्परागत ज्ञान, सीप र कला आधुनिकताको चपेटामा परी हराउँदैछन् ।”

शिक्षा मन्त्रालयद्वारा अनौपचारिक शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप तयार भइसकेको छ, जसमा अनौपचारिक शिक्षाका तह १–४ सम्मलाई सम्बोधन गरिएको छभने अहिले तह ५ को तयारी पनि भइरहेको छ ।

मन्त्री पन्तले पुख्र्यौली ज्ञानलाई निरन्तरता दिँदै वैज्ञानिक रूपमा व्याख्या गर्नुपर्नेमा जोड दिए । “मौसमी तरकारी तथा फलफूलको मात्र बास्ना र स्वाद पाइन्छ तर अहिले बेमौसमी तरकारी र खाद्यान्नको बाहुल्य छ । नयाँ पुस्ताले पुख्र्यौली ज्ञान र सीप बिर्संदै गयो”, मन्त्री पन्तले थन्नुभयो, “अझ प्रकृतिलाई हेर्ने दृष्टिकोणमा पनि हामी चुकेका छौँ, जसको उदाहरण जलवायु परिवर्तनको असर हो । नयाँ पुस्ताले प्रविधिमात्रै जान्यो, प्रकृतिलाई कतिसम्म लिने र प्रयोग गर्ने भन्ने पनि जानेन ।”

मन्त्री पन्तले औपचारिक शिक्षाले आजीवन सिकाइ, पुख्र्यौली ज्ञान, प्रकृतिको संरक्षण र खाद्य संस्कृतिलाई सम्बोधन गर्न नसक्ने भएकाले अनौपचारिक शिक्षालाई अपनाउनुपर्नेमा जोड दिुनुभयो ।

राष्ट्रिय योजना आयोगका सदस्य गीताकुमारी पौडेलले कसैलाई पछाडि नपारी गुणस्तरीय समावेशी शिक्षा दिन अनौपचारिक शिक्षाको माध्यम महत्वपूर्ण हुने विचार व्यक्त गर्नुभयो । उहाँले १६ औँ योजनाको दीर्घकालीन सोच र लक्ष्य पूरा गर्न अनौपचारिक शिक्षालाई सफल बनाउनुपर्ने बताउनुभयो । पन्ध्रदेखि ३५ वर्ष उमेर समूहका व्यक्तिहरू अहिले पनि निरक्षर रहेकाले गार्मेन्टजस्ता कलकारखानामै गई अनौपचारिक शिक्षा दिने कार्यक्रम अघि सार्नुपर्ने बताउनुभयो । अन्तर–मन्त्रालयहरूलाई शिक्षा मन्त्रालयले समन्वय गरी अनौपचारिक शिक्षाका विविध आयाममा छलफल गर्न खोजेमा योजना आयोगले सघाउने पनि सदस्य पौडेलले बताउनुभयो ।

आजीवन सिकाइका अभियन्ता तथा शिक्षाविद् विमलकुमार फुँयालले ‘नेपालमा आजीवन सिकाइ प्रवद्र्धनका लागि अनौपचारिक शिक्षाको सुदृढीकरण’ विषयक प्रस्तुती थियो । उहाँले अनौपचारिक शिक्षाका नाममा औपचारिकजस्तै पद्धति अपनाइयो भने त्यसले फेल खाने बताउनुभयो । उहाँले आजीवन शिक्षाको इतिहासदेखि वर्तमानसम्मको अभ्यासबारे जानकारी दिँदै अब नव अनौपचारिक शिक्षालाई समेत समेट्नेगरी अनौपचारिक शिक्षासम्बन्धी छुट्टै कानुन बनाउनुपर्ने सुझाव दिनुभयो ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक कृष्ण काप्रीले साक्षरतासँगै आजीवन शिक्षालाई पनि आफूहरूले जोडिरहेको जानकारी दिनुभयो । अनौपचारिक शिक्षासम्बन्धी राष्ट्रिय कार्यढाँचा बनेको र त्यो छिट्टै पारित हुने पनि जनाउनुभयो । काप्रीले निरन्तर शिक्षा र आयआर्जनलाई जोड्दै जानुपर्ने आवश्यकता औँल्याउनुभयो । साथै, नेपालको साक्षरता वृद्धिमा सामुदायिक सिकाइ केन्द्रहरूको योगदान अतुलनीय रहेको पनि स्पष्ट पार्नुभयो ।

नेपालका लागि युनेस्कोका प्रतिनिधि याको दु तोइले नेपालले विगतका वर्षहरूमा शैक्षिक अवसरहरू विस्तार र साक्षरता दर सुधार गर्ने सन्दर्भमा उल्लेखनीय प्रगति गरेको बताउनुभयो । तर महिला, अपाङ्गता भएका व्यक्तिहरू, आदिवासी र गरिबीको रेखामुनि रहेका सीमान्तकृत समूहहरूले समान रूपमा लाभ उठाउन अझै चुनौतीपूर्ण रहेको टोइटले औँल्याउनुभयो । युनेस्कोले साक्षरतालाई आधारभूत मानवअधिकार, शिक्षा एजेन्डा २०३० र दिगो विकास लक्ष्य ४ मा परिकल्पना गरिएअनुसार आजीवन सिकाइको आधारलाई आत्मसात गरेको प्रष्ट्याउँदै उहाँले भन्नुभयो, “आजको संसारमा साक्षरतालाई अगाडि बढाउन समानता र समावेशीकरणमा बलियो ध्यान केन्द्रित गर्नुपर्छ । खासगरी डिजिटल संसारमा, कसैलाई पनि शिक्षा हासिल गर्नबाट पछाडि पारिनुहुँदैन ।”

युनेस्को काठमाडौँका शिक्षा प्रमुख ध्रुव रेग्मीले ध्रुवराज रेग्मीले आजीवन सिकाइ र अनौपचारिक शिक्षाका निम्ति सरकारसँग सहकार्य गर्दै युनेस्कोले सघाउने स्पष्ट पार्नुभयो।

अनौपचारिक शिक्षा सम्मेलनमा विभिन्न विषयमा समूहगत छलफल गरिएको थियो जसमा ‘डिजिटल साक्षरताको नीति र अभ्यास’ र ‘डिजिटल युगमा युवा तथा प्रौढको सिकाइ’शीर्षक थिए । ‘डिजिटल साक्षरताको नीति र अभ्यास’ छलफलमा शिक्षा तथा मानव स्रोत विकास केन्द्रका उपमहानिर्देशक महेन्द्र पराजुली, प्रा डा सुशन आचार्य, सैनामैना नगरपालिकाका प्रमुख फणीन्द्रप्रसाद शर्मा र युनिसेफकी पूर्णिमा गुरुङले विचार व्यक्त गरेका थिए ।

यसैगरी, ‘डिजिटल युगमा युवा तथा प्रौढको सिकाइ’ सम्बन्धी छलफलमा युनेस्को क्लब बागमतीका प्रतिनिधि तथा युवा वैज्ञानिक निश्चल बानियाँ, पिठुवा सामुदायिक सिकाइ केन्द्र रत्ननगरका अध्यक्ष नेत्र घिमिरे, बारागढी गाउँपालिकाकी शिक्षा अधिकृत जलमति चौधरी, देवीथान सामुदायिक सिकाइ केन्द्र पर्वतकी सहजकर्ता रिमा गुरुङ र लक्ष्मी सामुदायिक सिकाइ केन्द्र सप्तरीका अध्यक्ष माधव चौधरीले भाग लिनुभएको थियो ।