३१ श्रावण २०८३, आईतवार
,
Latest
विश्व बैंकको सहयोगमा पोखरामा दुई सडक निर्माण, एक निर्माणाधीन राष्ट्रिय ब्याडमिन्टनमा क्षितिज र प्रिन्सबीच फेरि भेट मन्त्री लम्साललाई हेलिकप्टरमार्फत धनगढी लगियो नेपाल ‘ए’ क्रिकेट टोली अष्ट्रेलियातर्फ  बस्ती पसेको बाघ नियन्त्रणमा सुदूरपश्चिममा वर्षाको सम्भावनाः सतर्कता अपनाउन आग्रह जनकपुरधामको फोहोर व्यवस्थापनमा बर्सेनि करोडौं खर्च, अहिलेसम्म छैन ल्यान्डफिल साइट गुल्मीमा दुई महिनादेखि हवाई सेवा प्रभावित मानवीय सहायताका लागि सात सयभन्दा बढी ट्रक पाकिस्तान हुँदै अफगानिस्तान भित्रिए ‘बङ्गलादेशः हसिना फिर्ता नभएसम्म प्रधानमन्त्री रहमान भारत भ्रमण नगर्ने ‘
तपाईं के खोज्दै हुनुहुन्छ ?

शुक्रबार मात्रै देशभर ३४ विपदका घटना



अ+ अ-

काठमाडौँ । शुक्रबार देशभर कूल ३४  विपदका घटना घटेका छन् । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार पहिरो, अविरल वर्षा, चट्याङ, आगलागी, जनावर आक्रमणजस्ता विपदका घटना घटेका छन् ।

विपदमा परेर एकको मृत्यु, छ जना घाइते भएका छन् । विभिन्न पाँच वटा सडकमा अवरोध भएका छन् भने अनुमानित क्षति रु तीन लाख ९५ हजार बराबर भएको छ ।

प्राधिकरणका अनुसार, पाँचथर, ताप्लेजुङ, लम्जुङ, मुस्ताङ, रोल्पा, रुकुमपूर्व, सुर्खेत, जाजरकोट, रुकुम पश्चिम, डोटी, बझाङ र सोलुखुम्बुमा पहिरोकारण जनजीवन प्रभावित भएको छ ।

यस्तै, सोलुखुम्बु, कास्की, दाङ, कालिकोट,रुकुम पश्चिम, बैतडी, डडेल्धुरामा अविरल वर्षाका घटना भएका न् । यसैगरी बझाङ, सुनसरी, ओखलढुंगा, रुपन्देही, सर्खेत, मुगु, कैलालीमा चट्याङका घटना भएका छन् । यस्तै, सर्लाही, बर्दिया, कञ्चनपुर र डोटीमा जनावर आक्रमणको घटना घटेको प्राधिकरणको भनाइ छ ।

प्राधिकरणका अनुसार, गत वैशाखदेखि यही भदौ १८ गतेसम्म कूल तीन हजार ४४७ वटा विपदका घटना घटेका छन् । त्यसमा परेर २२१ जनाको निधन भएको छ ।

यस्तै, २२ जना नागरिक बेपत्ता भएका छन् भने ८११ जना घाइते भएका छन् । ती घटनामा परेर छ  हजार २६१ घरपरिवार प्रभावित भएका छन् ।

कूल २५४ वटा बाढीका घटना भएका छन् । त्यसमा परेर २७ जनाको निधन भएको छ भने २२ बेपत्ता भएका छन् । यस्तै, १० जना घाइते भएका छन् भने एक हजार ८१२ घरपरिावर प्रभावित भएका छन् । यस्तै, ४१८ वटा पहिरोका घटना हुँदा १९ जनाको मृत्यु भएको छ भने ५५९ घरपरिावर प्रभावित भएका छन् ।

यसैगरी, आगलागीका घटना एक हजार २३१ भएका छन् । आगलागीमा परेर २३ जनाको निधन भएको छ भने १७४ घाइते भएका छन् । रासस