२१ भाद्र २०८३, आईतवार
,
Latest
कृष्णभीर पहिरोको दीर्घकालीन समाधानका लागि दुई विकल्पमा अध्ययन आन्तरिक राजनीतिभन्दा विपद् पीडितको राहत र उद्धारमा काँग्रेस लाग्छः गगन थापा नारायणगढ–मुग्लिन सडकखण्डमा दैनिक १० घण्टा आंशिक रोक भोटेकोशी बाढी : १३ हजारभन्दा बढीको उद्धार, अझै ५ हजार बेपत्ता बालेनलाई गगनले भने– संयुक्त राष्ट्रसंघको महासभामा तथ्य र प्रमाणसहित प्रश्तुत हुनुस्, आफ्नो सचिवालयको मात्रै भर… भोटेकोशी बाढीः युद्धस्तरमा उद्धार र पुनःस्थापना गर्न नेता लामाको आग्रह विपद् व्यवस्थापन र भौतिक पूर्वाधारको सुरक्षा संवेदनशीलतामा गम्भीर समीक्षा आवश्यक छः सभापति थापा बेपत्ता व्यक्तिलाई मृत मान्न नसकिने वर्तमान कानूनी व्यवस्था संशोधन गरियोस्ः गगन थापा मुक्त हलियाको समस्या स्थायी रूपमा समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध छः मुख्यमन्त्री भट्ट टिपरको ठक्करबाट एक जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाली साहित्य र भाषाप्रति युवापुस्ताको चासो घटेकोप्रति पूर्वप्रधानमन्त्री चन्दद्वारा चिन्ता व्यक्त



अ+ अ-

काठमाडौँ । राप्रपाका संस्थापक तथा पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले नेपाली साहित्य र भाषाप्रति युवापुस्ताको चासो घट्दै गएको भन्दै चिन्ता व्यक्त गर्नुभएको छ ।

शुक्रवार काठाडौंमा आयोजित ‘बदलिदोँ समयचक्र’ नामक पुस्तक विमोचन तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री चन्दले यस्तो चिन्ता व्यक्त गर्नुभएको हो ।

आजभोलिका केटाकेटीहरु अंग्रेजी अक्षर सिक्ने तर आफ्नै नेपाली वर्णमाला र साहित्यप्रति आकर्षण नदेखाउने प्रवृत्ति देखिएको उहाँको भनाइ छ । उहाँले नेपाली भाषाको प्रवद्र्धन र संरक्षणमा ध्यान नदिए नेपाली साहित्य नै समाप्त हुने चिन्ता आफूलाई रहेको बताउनु भयो । पूर्वप्रधानमन्त्री चन्दले सिर्जनात्मक लेखन र पाठन संस्कृतिलाई प्रवद्र्धन गर्न आधुनिक माध्यमहरूलाई पनि उपयोग गर्न सकिने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘कतै यो नेपाली साहित्य सिद्धिने क्रममा त छैन कि ? भन्ने कुनैबेला मलाई चिन्ता हुन्छ । आजभोलिका केटाकेटीहरुले बरु अंग्रेजी ए, बि, सी, डि पढ्छन् । क, ख पढ्दैनन् । एक जनाले रचना राम्रो भए मोबाइलमा पठाइदिए पनि हुन्छ नि भन्नुभयो । तर एक प्यारा पढ्न नसक्ने मान्छेले किताब पढ्ने कुरा आउदैन । त्यसको लागि के गर्नुपर्छ ? हामी नेपाली भाषीहरुले र नेपाली साहित्यप्रति आस्था भएका नागरिकहरुले गम्भीर भएर सोच्नुपर्ने आवश्यकता मैले महसुश गरिराखेको छु । र म विश्वस्त छु कि यहाँहरुले पनि त्यसमा सहयोग गर्नुहुनेछ ।’

उहाँले नेपाली साहित्य र भाषा संरक्षणका लागि सबैले आफ्नो तहबाट महत्वपूर्ण भुमिका खेल्न जरुरी रहेको बताउनु भयो ।