२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरोना नलाग्ने अन्धविश्वासमा रक्सी खाँदा सातसयको मृत्यु



अ+ अ-

तेहरान। विषाक्त मादक पदार्थ सेवन गर्दा इरानमा मृत्यु हुनेको संख्या सात सयभन्दा बढी पुगेको छ । रक्सी सेवन गर्दा कोरोना भाइरसको संक्रमणबाट बच्न सकिन्छ भन्ने अन्धविश्वासमा परेर अत्यधिक रक्सी सेवन गरेकाहरुको मृत्यु भएको अधिकारीहरुले जनाएका छन् । सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार विषाक्त रक्सी सेवनका कारण कुल ७२८ जनाको मृत्यु भएको हो । गत फेब्रुअरी २० देखि अप्रिल ७ सम्ममा उनीहरुले अत्यधिक रक्सी सेवन गरेका थिए । इरानमा गत वर्ष पनि विषाक्त रक्सी सेवनका कारण ६६ जनाको मृत्यु भएको थियो । अल्जरीले संप्रेषण गरेको समाचार अनुसार देशमा कोरोना भाइरसको संक्रमण फैलिन थालेपछि उनीहरुले अत्यधिक मात्रामा रक्सी सेवा गरेका थिए ।

इरान कोरोना भाइरसको सङ्क्रमण फैलिएको हिसावले मध्य पूर्वकै सवैभन्दा बढी प्रभावित देशमा पर्दछ । इरानका स्वास्थ्य मन्त्रायका प्रवक्ता किनौश जाहनपौरले शुरुमा पाँच हजार ११ जनाको विषाक्त रक्सीका कारण मृत्यु भएको र पछि ९० जनाको मृत्यु भएको बताए । पछि मृत्यु भएकाहरुको विषाक्त रक्सीका कारण आखाँ खराब भएर मृत्यु भएको उनले जानकारी दिए । इरानका अधिकांश भागमा रक्सी प्रतिबन्ध रहेको छ । तर रक्सी सेवनका कारण कोरोनाबाट बच्न सकिन्छ भन्ने गलत हल्ला फैलिएपछि कैयौ व्यक्तिले त्यही हल्लाका पछि लागेर कडा प्रकारका रक्सीहरु सेवन गरेका थिए ।

विषाक्त रक्सीले सुरुमा मस्तिष्कलाई असर गरेर शरिरका अन्य अंगहरुलाई पनि काम गर्न नसक्ने बनाउने गरेको अधिकारीहरुले जनाएका छन् । उनीहरुलाई छाती दुख्ने, वान्ता हुने, आँखामा समस्या हुनेलगायतका लक्षणहरु देखिने गरेको थियो । इरानमा अहिलेसम्म कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ५ हजार ८०६ पुगेको छ भने, ९१ हजारभन्दा बढी संक्रमित भएका छन् । यो संख्या मध्य पूर्वकै सवैभन्दा धेरै भएको जनाइएको छ । (गाृेरखापत्र दैनिक १७ गते)