काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टी सचिवालय बैठकमा फरक मत राख्नुभएको छ । उहाँले राखेको फरक मतमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरण गर्नुपर्ने उल्लेख छ ।
वरिष्ठ उपाध्यक्ष पोखरेलले राखेको फरक मतमा पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरण हुनुपर्ने विषयलाई समेटिएको छ । केन्द्रीय कमिटीको बैठकमा छलफलको कार्यसूची समेत नराखी पूर्व राष्ट्रपतिको सदस्यता नवीकरण गर्ने विषय खारेज गरेकोमा उहाँले आपत्ति जनाउनुभएको छ ।
पोखरेलले पूर्व राष्ट्रपति भण्डारी पार्टीमा जोडिनु कुनै दृष्टिले नेपाली जनताका लागि नोक्सानीदायक कुरा नभएकाले यो विषयलाई सच्याउन माग गर्नुभएको छ ।













