१३ श्रावण २०८३, बुधबार
,
Latest
सांस्कृतिक पर्यटन प्रवर्द्धन गर्न पर्यटन बोर्ड र सांस्कृतिक संस्थानबीच सम्झौता संवेदनशील मुद्दाको प्रत्यक्ष प्रसारण नगर्न आदेश चीनलाई लक्षित गर्दै अमेरिकाद्वारा ह्युमनोइड रोबोट आयातमा प्रतिबन्ध फुटवेयर क्षेत्रमा सीपयुक्त जनशक्ति र रोजगारी सिर्जनाका लागि श्रममन्त्री यादवको पहल अत्यावश्यक परेमा मात्र राहदानीका लागि आवेदन दिन विभागको अनुरोध लुम्बिनी प्रदेशमा ८ मन्त्रालय कायम अमेरिका–इरानबीच पुनः शत्रुतापूर्ण गतिविधि सुरु सरकार र नेपाल चिकित्सक सङ्घबीच सहमति, स्वास्थ्य सेवा सञ्चालन जापानमा जापानी नागरिक घट्दै, विदेशी बढ्दै रास्वपा बैठक: बालेन शाह वरिष्ठ नेतामा मनोनीत, सचिवालयका को को ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिकाले ‘डिपोर्ट’ गरेका १९ जना काठमाडौँ आइपुगे



फाइल फोटो
अ+ अ-

काठमाडौँ। संयुक्त राज्य अमेरिकाले देश निकाला (डिपोर्ट) गरेका थप १९ जना नेपाली आज साँझ काठमाडौँ आइपुगेका छन् । डिपोर्ट भएर नेपाल आउनेमा दुई महिला १७ पुरुष छन् ।

उनीहरुलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयले आवश्यक प्रक्रिया पूरा गरेर थप सोधपुछका लागि नेपाल प्रहरीलाई बुझाएको वरिष्ठ अध्यागमन अधिकृत अञ्जन न्यौपानेले जानकारी दिनुभयो । यसअघि अमेरिकाबाट विभिन्न चरणमा दुई सय १५ नेपाली डिपोर्ट भएर नेपाल आइसकेका छन् । रासस