२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण मधेश प्रदेशका अर्थमन्त्रीसँग नाडाको भेटवार्ता, अटोमोटिभ क्षेत्रका नीतिगत विषयमा केन्द्रित छलफल ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय… सुनचाँदीको मूल्यमा सामान्य गिरावट, सुन तोलामा २०० र चाँदी ८५ रुपैयाँ घट्यो मुलुकमा प्रणालीगत सुधारका लागि समयसापेक्ष परिवर्तन र युवा नेतृत्वको आवश्यकतामा विज्ञहरूको जोड जातीय विभेद अन्त्यका लागि चेतना र समान व्यवहार आवश्यक छ : नेता आङदेम्बे रोल्पामा बोलेरो जिप दुर्घटना : ३ जनाको मृत्यु जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि संसद प्रतिवद्ध छः सभामुख अर्याल औषधि आपूर्ति सुधारमा मन्त्रालय–विभाग छलफल, विवरण उपलब्ध गराउन निर्देशन भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

चेपाङ समुदायले न्वाँगी पर्व सामूहिक रुपमा मनाउने



अ+ अ-

चितवन। सिमान्तकृत समुदायका रुपमा रहेको चेपाङ समुदायले न्वाँगी (छोनाम) पर्व सामूहिक रुपमा इच्छाकामना गाउँपालिकामा मनाउने भएका छन् ।

नेपाल चेपाङ सङ्घ केन्द्रीय समितिको आयोजनामा इच्छाकामना गाउँपालिका–६ कालिखोलामा विभिन्न कार्यक्रम गरी मनाइने भएको हो ।
सङ्घले आज यहाँ पत्रकार सम्मेलन गरी यही भदौ २२ गते पर्ने न्वाँगी पर्व भव्यरुपमा मनाउने तयारी गरेको जनाएको हो ।

चितवनसहित चेपाङ समुदायको बसोबास रहेका जिल्लाहरु मकवानपुर, धादिङ, गोरखा, तनहुँ र लमजुङका चेपाङ समुदायको उपस्थितिमा विविध सांस्कृतिक कार्यक्रम गरिने भएको छ । सङ्घका अध्यक्ष गोविन्द चेपाङका अनुसार नयाँ अन्नबाली, फलफूल पाकेपछि विशेष पूजा गर्दै प्रकृतिलाई चढाएर खाने गरिन्छ ।

यो चेपाङ समुदायका लागि नयाँ वर्ष पनि हो । यो दिन चेपाङहरुले काँक्रो, अमिलो, पिँडालु÷गाभा, मकै, कागुनो, घैयाधानले भूमिलाई पूजा गरी पितृलाई खुवाउने गर्दछन् ।

अध्यक्ष चेपाङले भन्नुभयो, “संस्कार, संस्कृति, भाषा लोपोन्मुख हुँदै छ । यसलाई संरक्षण गर्न हामीले सामूहिक रुपमा न्वाँगी पर्व मनाउने गरेका हौँ ।”

नेपालको सात जिल्लमा ८४ हजार ३६४ जना चेपाङको जनसङ्ख्या छ । जसमध्ये चितवनमा सबैभन्दा बढी ३५ हजार ६३७ जना छन् । मकवानपुरमा २३ हजार ६५०, धादिङमा १७ हजार १६०, गोरखामा चार हजार २६८ र बाँकी अन्य जिल्लामा छरिएर बसेका छन् । रासस