२३ जेष्ठ २०८३, शनिबार
,
Latest
नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस सुदूरपश्चिमको समग्र विकासका लागि मिलेर काम गर्न आवश्यक छः प्रदेश प्रमुख मियाँ वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेतृत्व किसानको हितमा केन्द्रिकृत हुनुपर्छ : महामन्त्री थापा



अ+ अ-

ललितपुर। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाल किसान महासङ्घको महाधिवेशनबाट चयन हुने नेतृत्व नेतामुखीभन्दा किसानको हितमा केन्द्रिकृत हुनुपर्ने बताउनुभएको छ ।

नेपाली कांग्रेसको भ्रातृसंस्था नेपाल किसान महासङ्घको आज यहाँ आयोजित चौथो केन्द्रीय महाधिवेशनलाई सम्बोधन गर्दै महामन्त्री थापाले देशको कुनै पनि किसानले आफ्नो हितमा काम गर्ने किसान महासङ्घ छ भन्ने महसुस गराउन सक्ने नेतृत्व चयन हुनुपर्ने धारणा राख्नुभयो ।

“नेपाल किसान महासङ्घले किसानको समस्या र मुद्दाको सही पैरवी गर्न सकोस्, चार अर्ब रुपैयाँभन्दा बढीको आयात गरेर  खान्छौँ, हाम्रो उत्पादकत्व बढाउन किसान महासङ्घले पहल गरोस्”, उहाँले भन्नुभयो ।

उहाँले किसानका समस्यामा सरकारमाथि निरन्तर दबाब सृजना गर्ने काम नेपाल किसान महासङ्घले गर्नुपर्नेमा जोड दिनुभयो । नेपाली कांग्रेसका प्रवक्ता एवं डा प्रकाशशरण महतले दुई तिहाइ किसान कृषि पेसामा आबद्ध हुँदा पनि देशको आम्दानीमा एक चौथाइ मात्रै उपलब्धि हासिल भएको बताउनुभयो । उहाँले कृषि क्षेत्रलाई आधुनिकीकरण गर्दै यान्त्रिकरणका माध्यमबाट कम जनशक्तिको उपयोगबाट उत्पादकत्व वृद्धि गर्नुपर्नेमा जोड दिनुभयो ।

कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले किसानको जीवनमा आउने आर्थिक परिवर्तनले देशको आर्थिक समृद्धि हासिल हुने धारणा राख्नुभयो । उहाँले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको शासन व्यवस्थामार्फत किसानको हकहितलाई बलियो बनाउन योग्य नेतृत्व चयन गर्न शुभकामना दिनुभयो ।

नेपाल किसान महासङ्घको महाधिवेशन निर्देशक समितिका संयोजक रमेश रिजालले सकारात्मक सन्देश दिनेगरी सर्वसम्मत नेतृत्व चयन गर्न आग्रह गर्नुभयो ।  रासस