१६ भाद्र २०८३, मंगलवार
,
Latest
अवरुद्ध चीनको तिब्बतस्थित केरुङ नाका जोड्ने राजमार्ग सञ्चालनको अन्तिम चरणमा बाढी पीडित भन्छन्–‘राज्यले कम्तीमा शव पहिचान र दाहसंस्कारको वातावरण मिलाइदिए मात्रै पनि अलिकति भएपनि शान्ति… रसुवा बाढीः १ हजार १० जनाको शव फेलाः३९ देशका करिव ५९० जना विदेशी नागरिक अझै… रसुवा बाढीपीडितका लागि इप्पानले १३ करोड १ रुपैयाँ सहयोग गर्ने भोटेकोशी बाढीले अगामी दिनमा जलवायु अनुकूलनयुक्त संरचना निर्माण गर्नुपर्ने पाठ सिकायोः मन्त्री श्रेष्ठ राहतका लागि सरकारले लागू गरेको ‘एकद्वार प्रणाली’ प्रभावकारी हुन सकेनः सांसद सुनार भोटेकोशी बाढी र जनधनको क्षतिप्रति राष्ट्रिय सभाद्वारा विशेष प्रश्ताव पारितः सांसदहरूले १५ दिनको पारिश्रमिक सहयोग… रसुवागढी बाढीको विपद्ः राष्ट्रिय एकता कायम गरी प्रभावकारी उद्धार र राहतमा जुट्न सुवेदीको आग्रह रसुवा बाढी अपडेटः मृतकको सङ्ख्या १ हजार ३ पुग्यो, करिव ४ हजार बेपत्ता पोखरामा १०२ शवको पोस्टमार्टम सम्पन्न, पहिचान हुन नसकेका ७८ शवको सुरक्षित व्यवस्थापन (तस्बिरसहित)
तपाईं के खोज्दै हुनुहुन्छ ?

बागलुङमा डेङ्गुभन्दा स्क्रब टाइफसका बिरामी धेरै



अ+ अ-

बागलुङ। बागलुङमा डेङ्गुभन्दा स्क्रब टाइफसका बिरामी धेरै देखिएका छन् । साउनयता जिल्लामा २० जनामा डेङ्गु सङ्क्रमण देखिँदा १५८ जनामा स्क्रब टाइफसको सङ्क्रमण देखिएको छ ।

स्वास्थ्य कार्यालय बागलुङका जनस्वास्थ्य निरीक्षक लक्ष्मी शर्माका अनुसार डेङ्गुभन्दा आठ गुणाबढी स्क्रब टाइफस देखिएको छ ।  स्क्रब टाइफसका सबैभन्दा धेरै सङ्क्रमित गलकोट नगरपालिकामा फेला परेका छन् ।

गलकोट नगरपालिकामा १३५ जना स्क्रब टाइफसबाट सङ्क्रमित भएका छन् । त्यसपछि बडिगाड गाउँपालिकामा आठ, ताराखोला गाउँपालिकामा चार र ढोरपाटन नगरपालिकामा एक जना सङ्क्रमित भेटिएका छन् । अन्य जिल्ला ठेगाना भएका छ जना सङ्क्रमित भएका छन् । गलकोट नगर अस्पतालमा १५८ जनामध्ये १५३ जना, धौलागिरी अस्पतालमा चार जना र बुर्तिबाङ अस्पतालमा एक जनामा स्क्रब टाइफस पुष्टि भएको हो ।

गलकोट नगर अस्पतालमा आउने बिरामीमध्ये दैनिक न्यूनतम पाँच जनासम्मका बिरामीमा स्क्रब टाइफस देखिएको छ । अन्यत्रभन्दा यहाँ धेरै परीक्षण गरेका कारण सङ्क्रमणको सङ्ख्यासमेत बढी पाइएको गलकोट नगर अस्पतालका प्रमुख डा राजेश पौडेलले बताउनुभयो । उहाँले अहिले अस्पतालमा सात जना स्क्रब टाइफस र डेङ्गुका बिरामी उपचाररत रहेका र अन्य बिरामी उपचारपछि घर फर्केको जानकारी दिनुभयो ।

स्क्रब टाइफस मुख्यतया झारपात र घाँसपातमा बस्ने किराबाट फैलने भएकाले सावधानी अपनाउन पर्ने स्वास्थ्यकर्मी बताउँछन् ।  सङ्क्रमितलाई उच्च ज्वरो, टाउको दुख्ने, शरीरमा रातो दाग आउनेलगायतका लक्षण देखिने गर्छ ।

यसैगरी,  बागलुङमा चालु आर्थिक वर्षमा पुष्टि भएका २० जना डेङ्गु सङ्क्रमितमध्ये सबैभन्दा बढी गलकोट नगरपालिकामै रहेको पाइएको छ । जिल्लामा डेङ्गु सङ्क्रमितको सङ्ख्या बढ्दै गएको जनस्वास्थ्य निरीक्षक शर्माले बताउनुभयो । उहाँका अनुसार बागलुङका १० स्थानीय तहमध्ये सबैभन्दा बढी गलकोट नगरपालिकामा नौ जना सङ्क्रमित छन् ।

ढोरपाटन नगरपालिकामा चार, ताराखोला गाउँपालिकामा दुई, बागलुङ नगरपालिकामा तीन, काठेखोला गाउँपालिका र निसीखोला गाउँपालिकामा एक÷एक जना डेङ्गु सङ्क्रमित भेटिएका छन् । अन्य पालिकामा हालसम्म डेङ्गु सङ्क्रमित भेटिएका छैनन्।

डेङ्गु सङ्क्रमित २० मध्ये गलकोट नगर अस्पतालमा ११, बुर्तिबाङ अस्पतालमा पाँच र धौलागिरि अस्पतालमा चार जना उपचारपछि घर फर्केका छन् । रासस




भर्खरै