• १४ असार २०८१, शुक्रबार
  •      Fri Jun 28 2024
  •   Unicode
Logo

कांग्रेस क्षेत्र नम्बर २ द्वारा मेडिकल सामाग्री र खाद्यान्न वितरण



काठमाडौंः नेपाली कांग्रेस क्षेत्र नम्बर २ ले मेडिकल सामाग्री र खाद्यान्न वितरण गरेको छ । बिहिबार उपचारमा संलग्न चिकित्सकका लागि अत्यावश्यक पीपीई १ सय ५५ थान वितरण गरिएको हो । सुष्मा कोइराला मेमोरियल अस्पताल, पिपुल अस्पतालसहित क्षेत्रका सबै अस्पतालमा पीपीई हस्तान्त्रण गरिएको छ । सो क्षेत्रमा पर्ने सबै जसो स्वास्थ्य संस्थामा पीपीई हस्तान्तरण गरिएको छ ।

कांग्रेस क्षेत्रीय सभापति उपेन्द्र कार्की नेतृत्वको टोलीले अस्पतालमा पीपीई वितरण पछि लकडाउनका कारण अलपत्र नागरिकलाई सार्वैजनिक स्थानमा खाना खुवाइरहेका स्थानमा चामल आलु, दाल,नुन लगायतका खाद्य सामाग्री सहयोग गरेका छन् । सो क्षेत्रमा त्यस्ता खाना खुवाइएका १५ स्थानमा पुगेर १ सय बोरा चामल, ५० प्याकेट आलु, दाल,नुन, तेल, केराउलगायतका खाद्य सामाग्री वितरण गरिएको सभापति कार्कीले जानकारी दिए । त्यस्तै, सर्वसाधारणका लागि करिब २५ सय थान मास्क पनि वितरण गरिएको छ ।

काठमाडौं क्षेत्र नं २ मा काठमाडौं महानगरपालिकाका दुई वटा वडा, वडा नं ३२ र ९ पर्छन् । त्यस्तै, कागेश्वरी मनोहरा नगरपालिका र शंकरापुर नगरपालिका पर्छ । ती सबै स्थानीय तहमा पुग्नेगरि राहत वितरण गरिएको हो । १ हजार थान मास्क कांग्रेस महासमिति सदस्य हरिबोल भण्डारीले , १५५ थान पीपीई र १५सय थान मास्क कांग्रेस क्षेत्रीय सदस्य मिनाज खान र खाद्यान्न सामाग्री काठमाडौं २का नेताहरुले सहयोग गरेका थिए ।