७ पुष २०८२, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

मेटा सरकारको सम्पर्कमा, माग्यो कम्पनी दर्ता गर्न आवश्यक काजजातको सूची



अ+ अ-

काठमाडौँ । फेसबुक सञ्चालक संस्था मेटाले नेपाल सरकारसँग कम्पनी दर्ताका लागि आवश्यक कागजातको विवरण माग गरेको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयसँग सम्पर्क गर्दै मेटाका प्रतिनिधिले मन्त्रीका विज्ञ सल्लाहकार शालिकराम पराजुलीलाई मेल गरेर कागजातको विवरण माग गरेका हुन् ।

पौने ५ बजे मेटाका प्रतिनिधिले इमेल गरेर दर्ता हुनका लागि आवश्यक कागजातको विवरण मागेका थिए । त्यसको ५ मिनेटभित्रै सामाजिक सञ्जाल प्ल्याटफर्म दर्ता हुन आवश्यक पर्ने कागजातको विवरणबारे जानकारी दिंदै इमेल गरिएको छ ।

सरकारले सूचीकृत नभएका सामाजिक सञ्जालहरू चल्न रोक लगाउने निर्णय गरेको छ । नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट प्रदायक कम्पनीहरूलाई २६ वटा सञ्जाल चल्न रोक लगाउन पत्राचार समेत गरिसकेको छ ।