१ पुष २०८२, मंगलवार
,
Latest
हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका उपाध्यक्ष पक्राउ ट्याक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु, १९ घाइते जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ आईपीएल अक्सनः ग्रिन कीर्तिमानी मूल्यमा केकेआरमा अनुबन्धित युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम हिंसा भड्काएको अभियोगमा धर्मगुरुलाई ३५ वर्ष जेल एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष योजना आयोगका उपाध्यक्ष डा. श्रेष्ठ र सदस्य हाडाको शपथ
तपाईं के खोज्दै हुनुहुन्छ ?

संसदीय सुनुवाइ समितिको सभापतिमा खतिवडा निर्विरोध



अ+ अ-

काठमाडौँ । संसदीय सुनुवाइ समिति (संयुक्त)को सभापतिमा रामहरि खतिवडा निर्विरोध भएका छन् ।

सङ्घीय संसद् सचिवालयले उम्मेदवारी दर्ताका लागि बिहीबार २ बजेदेखि ४ बजेसम्मको समय तोकेको थियो ।

उक्त समयमा खतिवडाको मात्रै उम्मेदवारी परेको हो । राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिबाट राजीनामा दिएका कांग्रेसका खतिवडा सुनुवाइ समितिमा सभापति निर्विरोध भएका हुन् ।

योसँगै साउन २८ गते राज्य व्यवस्था तथा सुशासन समिति सभापतिबाट राजीनामा दिएका खतिवडा एक महिना नबित्दै अर्को समितिमा सभापति बन्न पुगेका छन् ।