३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

भारतको नयाँ बाढी चेतावनीपछि पूर्वी पाकिस्तानमा थप तीन लाख मानिस विस्थापित

भारतको नयाँ बाढी चेतावनीपछि पूर्वी पाकिस्तानमा थप तीन लाख मानिस विस्थापित
Villagers wade through a flooded area, in Tiba Gheal village, in Jhang district, Pakistan, Tuesday, Sept. 2, 2025. (AP Photo/Jahan Zeb)
अ+ अ-

एजेन्सी । भारतले जारी गरेको पछिल्लो बाढी चेतावनीपछि पाकिस्तानको पञ्जाब प्रान्तका बाढी प्रभावित क्षेत्रहरूबाट विगत ४८ घण्टामा करिब तीन लाख मानिसलाई सुरक्षित स्थानमा सारिएको अधिकारीहरूले बुधबार जानकारी दिएका छन् ।

यससँगै, गत महिनादेखि विस्थापितको कुल सङ्ख्या १३ लाख पुगेको छ ।

भारतको सीमामा नरोवाल र सियालकोट क्षेत्रमा आएको बाढीपछि पञ्जाबको मुजफ्फरगढ जिल्लाका धेरै गाउँ डुबानमा परेका छन् । प्रमुख सहरहरूलाई जोगाउन अधिकारीहरूले नदीको अतिरिक्त पानी खेततिर मोड्ने प्रयास गरिरहेका छन् । जसलाई पञ्जाबको इतिहासकै सबैभन्दा ठूलो उद्धार र राहत अभियान मानिएको छ ।

हजारौँ उद्धारकर्ताहरूले डुङ्गा प्रयोग गरेर मानिस र गाइवस्तुलाई सुरक्षित स्थानमा लैजाँदैछन् । सेनासमेत उद्धार कार्यमा खटाइएको प्रान्तीय विपद् व्यवस्थापन प्राधिकरणका महानिर्देशक अरफान अली काठियाले जानकारी दिनुभयो ।

उहाँका अनुसार भारतले बुधबार बिहान कूटनीतिक माध्यममार्फत पाकिस्तानलाई नयाँ बाढी चेतावनी पठाएको हो । भारी वर्षा र बाँधबाट पानी छोडिएपछि २४ घण्टाभित्र नै यो दोस्रो चेतावनी आएको उहाँले बताउनुभयो ।

रावी, चेनाब र सतलज नदीहरूमा पानीको सतह उच्च बाढी स्तरमा पुगेको काठियाले जानकारी दिनुभयो । प्रभावित क्षेत्रमा छतमा फसेकाहरूलाई उद्धार गर्न ड्रोनको पनि प्रयोग भइरहेको छ । उहाँका अनुसार पञ्जाबका ३३ हजार गाउँका ३३ लाखभन्दा बढी मानिस प्रभावित भएका छन् । क्षतिको मूल्याङ्कन जारी रहेको र घर तथा बाली गुमाउनेलाई सरकारको तर्फबाट क्षतिपूर्ति दिने तयारी भइरहेको उहाँले बताउनुभयो ।

भारतको पञ्जाब राज्यमा पनि बाढी र पहिरोका कारण कम्तीमा २९ जनाको मृत्यु भएको छ ।

पाकिस्तानतर्फ अस्थायी टेन्ट शिविरहरू स्थापना गर्दै प्रभावित जनतालाई खाना र आवश्यक सामग्री उपलब्ध गराइँदैछ । तर धेरै प्रभावितहरूले सरकारी सहयोग अभावमा गुनासो गरेका छन् ।

राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका अनुसार हाल करिब ४० हजार मानिस राहत शिविरमा बसिरहेका छन्, तर बाँकी कहाँ आश्रय लिइरहेका छन् भन्ने स्पष्ट छैन ।

मुजफ्फरगढ नजिकैको शेर शाह गाउँका ५४ वर्षीय किसान नूर मोहम्मदले कुनै सहयोग नपाएको बताउनुभयो । “स्थिति बिग्रिँदै गएपछि मैले परिवारलाई आफन्तकहाँ पठाएँ”, उहाँले डुबानमा परेको गाउँ हेर्दै भन्नुभयो ।

अर्का प्रभावित बासिन्दा मलिक रमजानले राहत शिविरमा जानेभन्दा पनि आफ्नो डुबानमा परेको घर नजिकै बस्न रोजेको बताउनुभयो । “शिविरमा कुनै सुविधा छैन, खाना समयमा पाइँदैन र हामीलाई भिखारी सरह व्यवहार गरिन्छ”, उहाँले गुनासो गर्नुभयो ।

यसैबीच, पञ्जाबकी मुख्यमन्त्री मरियम नवाज सरिफ बुधबार मुजफ्फरगढ पुग्नुभएको थियो । उहाँले राहत शिविरमा विस्थापितहरूसँग भेटवार्ता गर्नुभयो । भारतले नयाँ बाढी चेतावनी जारी गरेको केही घण्टापछि उहाँको यो भ्रमण भएको हो ।

गत हप्ताको बाढीले कसुर, बहावलपुर र नरोवाल जिल्लामा ठूलो असर पुर्‍याएको थियो । यसक्रममा भारतीय सीमासँगै रहेको गुरु नानक मन्दिरसमेत डुबानमा परेको थियो । तर पानी घटेपछि सफा गरी पुनःस्थापना गरेपछि तीर्थयात्रीका लागि मन्दिर पुनः खोलिएको अधिकारीहरूले बताएका छन् ।

गत महिना भारतले सीमावर्ती क्षेत्रमा रहेका बाँधबाट अतिरिक्त पानी छोडेपछि पाकिस्तानले सामूहिक रूपमा निकासी अभियान सुरु गरेको थियो ।

पाकिस्तानमा यो पछिल्लो बाढी सन् २०२२ पछि सबैभन्दा विनाशकारी मानिएको छ । त्यतिबेला जलवायु परिवर्तनजन्य बाढीले करिब एक हजार सात सय जनाको ज्यान लिएको थियो ।